अस्पतालमै सुरक्षित छैन रगत



काठमाडौं : पछिल्लो समय देशभर रगतको माग बढेको छ तर, मागअनुसार रक्तदाताको संख्या बढेको छैन । रेडक्रस, रक्तसञ्चार केन्द्र, अस्पतालका ब्लड बैंकले रगत संकलन गर्दै आएका छन् । 

नेपालमा मुख्यगरी रक्तसञ्चार केन्द्रले नै अस्पतालहरूलाई रगत उपलब्ध गराउँदै आएको छ । तर यसरी लगिएका रगत हप्तौँसम्म भण्डारण गरिराख्दा त्यसको शुद्धतामाथि प्रश्न उठेको छ । 

रक्तसञ्चार केन्द्रले पनि अस्पतालहरूकै कारण रगत अशुद्ध भएको बताएको छ । केन्द्रका उपमहानिर्देशक डा‍‍‌ प्रकाश यादवले अस्पतालहरूले लामो समयसम्म भडारण गरेर राखेको रगतमा विभिन्न संक्रमण देखिएको बताए ।

‘त्यसै पनि मुलुकमा संकलित रगत सुरक्षित छैन। उपयोगकर्तामा एचआईभी, हेपाटाइटिस बी र सी, सिफलिसलगायत अन्य रक्तजनय संक्रमण देखिँदै आएको छ’, यादवले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्