चेपाङ अभियन्ता केपीकिरण सम्मानित




चितवन : चेपाङ जातिको उत्थानमा लागेको चेपाङ अभियन्ता केपी किरण शर्मा सम्मानित भएका छन् ।

उनलाई आज शनिबार नेपाल चेपाङ संघको प्रदेश ३ को पहिलो अधिवेशनको अवसर पारेर सम्मान गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मंत्री सालिकराम जमर कट्टेलले प्रंसापत्रसहित सम्मान गरेको हो ।

Image may contain: 6 people, including Shaligram Nepal Sagar, Gobinda Ram Chepang and Santa Bahadur Chepang, people smiling, people standing and indoor

शर्माले अहिले चितवनमा चेपाङ संरक्षण केन्द्र नामक संस्था खोली चेपाङ वालवालिकालाई शिक्षा दिईरहेका छन् भने चेपाङ जातिको जीवनलाई नजिकबाट नियाल्दै आएका छ ।

Image may contain: 4 people, including Santa Chepang, people standing and people sitting

सम्मानपछि उनले आफूलाई यो सम्मानले अझै हौसला बढाएको बताएका छन् । यस्तै सम्मान पछि उनले नेपाल चेपाङ संघप्रति आभार पनि प्रकट गरेका छन् ।

Image may contain: 1 person, sitting and indoor

यसैबीच आज चिवनमा नेपाल चेपाङ संघको प्रदेश ३ को पहिलो अधिवेशन हुँदैछ । यस कार्यक्रमलाई प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मंत्री जमरकट्टेलले उद्घाटन गरेका थिए ।

मन्त्री जमरकट्टेलले कार्यक्रममा चेपाङ जातिको पहिचानको रुपमा रहेको ढ्याङग्रो बजाएर उदघाटन गरेका थिए । कार्यक्रममा पूर्वसांसद गोविन्दराम चेपाङ, प्रदेश ३ का प्रदेशसभासदस्य सन्तबहादुर चेपाङ, नेपाल चेपाङ संघका पूर्वमहासचिव सन्तबहादुर चेपाङ लगायतको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्