सुधार केन्द्र ‘कृपा घर’मा राखिएका महिलालाई चरम यातना



काठमाडौं: बूढानिलकण्ठमा सञ्चालित सुधार केन्द्र ‘कृपा घर’ मा राखिएका महिलालाई यातना दिने गरेको पाइएको छ ।

 

अवैध तवरबाट सञ्चालित सुधार केन्द्रका सञ्चालकले दिएको यातना सहन नसकेर भागेका दुई महिला प्रहरीको शरणमा पुगेका छन् ।

 

बुधबार शरणमा दुई महिला आएपछि महानगरीय प्रहरीले सुधार केन्द्रमा छापा मारेको छ  ।

 

‘अमानविय व्यवहार गरेको पाइएकाले उक्त सुधार केन्द्र बन्द गर्ने निर्णय गरेका छौँ’ डीएसपी बोगटीले भने, ‘प्रारम्भिक अनुसन्धानमा यातनाबाट ९ महिलाको मानसिक सन्तुलन नै गुमेको भेटियो ।’ अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्