गुल्मी चेम्बर अफ कमर्समा न्यौपाने



गुल्मी : गुल्मी चेम्बर अफ कमर्सको प्रथम अधिवेशनबाट अध्यक्षमा युवराज न्यौपाने निर्वाचित भएका छन् । हिजो शनिवार गुल्मीमा भएको चेम्बर अफ कमर्सको अधिवेशनबाट उनी निर्वाचित भएका हुन ।

न्यौपानेको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा वीरेन्द्र भुसाल, उपाध्यक्षमा रेमलाल पाण्डेय शुसिला निर्वाचित भएका छन् ।

यसैगरी महासचिवमा कृष्ण प्रसाद भण्डारी, सचिवमा राम प्रसाद पन्थी, हरिलाल न्यौपाने, खडग प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा दुर्गाचन्द्र बोहोरा, सह–कोषाध्यक्षमा रामु सुनार चुनिएको निर्वाचन अधिकृत गोपाल प्रसाद खनालले जानकारी दिए । अधिवेशनमा दुई सय ५० प्रतिनिधीको सहभागिता थिायो ।

प्रतिक्रिया दिनुहोस्