साउदी अरबका विदेशमन्त्री जुबैरलाई घटुवा



साउदी अरब: साउदी अरबका राजा सलमानले विदेशमन्त्री आदिल अल जुबैरलाई घटुवा गरेका छन् ।  राजा सलमानले मन्त्रिपरिषद सदस्यहरुको जिम्मेवारी हेरफेर गर्दै विदेशमन्त्री जुबैरलाई घटुवा गरेका हुन् ।

 

विदेशमन्त्री जुबैरलाई घटुवा गरी विदेश राज्यमन्त्री बनाइएको छ भने उनको स्थानमा इब्राहिम अल आसफलाई मन्त्रीमा नियुक्त गरिएको छ । यो फेरबदलमा पत्रकार जमाल खसोग्जीको हत्याको विषय जोडिएको बताइएको छ ।

 

पत्रकार खसोग्जीको टर्कीको इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा गत अक्टोबरमा हत्या भएको थियो । विदेश मन्त्रालय अन्तर्गत नै वाणिज्य दूतावास पर्ने भएकाले खसोग्जीको हत्याबारे जुबैरलाई धेरै कुरा थाहा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ठहर छ । त्यसैले पनि उनीमाथि कारवाही भएको देखाउन साउदी सरकारले उनको घटुवा गरेको हुन सक्ने विश्लेषकहरु बताउँछन् ।

 

यो घटनामा आदिल जुबैरले साउदी अरबको पक्षमा विभिन्न वक्तव्य जारी गर्दै पश्चिमी देशका मिडियाले अनावश्यक रुपमा उचालेको आरोप लगाएका थिए । नवनियुक्त विदेश मन्त्री इब्राहिम आसफ भने अन्तर्राष्ट्रिय कूटनीतिमा सीमित अनुभव भएको व्यक्ति हुन्  ।

प्रतिक्रिया दिनुहोस्