व्याकुल माइलालाई पितृशोक



काठमाडौं: राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता मानबहादुर राईको निधन भएको छ ।

 

७१ वर्षको उमेरमा राईको आफ्नै निवास ओखलढुङ्गा हिलेपानीमा आज बिहान निधन भएको हो । केही वर्षदेखि हेमाटोमा र मधुमेह रोगको नियमित उपचारमा रहेका उनि केही दिन यतादेखि असहज महसुस गर्दै आएका थिए ।  

 

वि.सं.२००४ असोजमा जन्मिएका  राई वीस वर्षसम्म शिक्षण गरेर सेवा निवृत्त भई सामाजिक सेवामा संलग्न थिए । उनि गाविस अध्यक्ष तथा ओखलढुंगा जिल्ला विकास समितिको सदस्य  समेत भए । राईका दुई पत्नी र व्याकुल माइलासहित तीन छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्