पशुपतिमा बत्ती बाल्ने ठाउँ रोक्दैं भक्तजन (फोटो फिचर)



काडमाडौं : पशुपतिनाथसहितका शिव मन्दिरहरुमा बेलुकी दिवंगत पितृको नाममा बत्ती बाल्न आउने भक्तजनको घुइँचो लागेको छ। बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको छ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी देशभरका शिवालयमा दिवंगत पितृका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गर्छन् । भक्तजनहरुले चिसोबाट बच्न टेन्टको व्यवस्था गरिरहेका हुन्।

चतुर्दशीका दिन अर्थात भोली बिहान शतबीज छरेर बालाचतुर्दशी पर्व मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्