उपत्यकाका डाँडाकाँडा हेर्दै स्वादिलो खान्की पाइने रेस्टुरेन्ट न्यूरोडमै,हंग्री टाइगरको यस्तो छ बिशेषता



काठमाडौ : काठमाडौँको मुटु न्यूरोड पिपल संगैको बाटुले रातो घर अचेल सबैको रोजाईमा पर्न थालेको छ। के तरुण के तन्नेरी के बयस्क के बृद्द सबैको नजर त्यहि घरको चौथो,पाचौ र छैठौ तलामा गएर अडिन्छ। त्यहाँ कुनै जादूको छडी छैन छ त हंग्री टाइगर नाम सबैको रोजाईमा परेको एक मात्र स्वादिलो परिकार पाक्ने रेस्टुरेन्ट हो ।

शाकाहारी र माछामासु खाने सबैलाई लक्षित गरि संचालनमा ल्याईएको उक्त रेस्टुरेन्टका तीनै ताला बिशेष प्रकारका छन। न्यूरोड गेटबाट महेन्द्रको शालिक सम्मको भाग,बसन्तपुर र हनुमानढोका क्षेत्रको सिंगो भाग मात्र होइन स्वयम्भु र त्यस वरपरका सबै हरियाली डाडाको दृश्य हेर्न समेत पाइन्छ। पिपलको टुप्पामा बसेर आफ्नो रोजाइको स्वादिलो खान्की संग रम्दै एकप्रकारको भ्यू टावरमै बसेर खाएको अनुभूती हुने त्यहाँ पुगिसकेकाहरुको भनाई छ।

पिपलबोटको अगाडीको बाटुले रातो घरको प्रवेश द्वारमै लिफ्टको सुबिधा छ,लिफ्ट छाडेर पाँचौ ताला पुग्दा लाइभ किचेनको बगलमा पुगिन्छ। सफा सुग्घर र स्वादिलो भोजन पाक्ने पारदर्शी किचेन हेर्दै,पिपलको टुप्पैमा बसेको अनुभब गर्दै र पारिलो घाम ताप्दै खानेकुरा खान पाइने ब्यबस्था छ। तस्बिरका पारखीहरुका लागी सिंगो न्यूरोडलाई ब्यागग्राउन्डमा राखेर पिपलको हरियाली संगै स्वयम्भु आसपासका थुम्काहरुलाई समेटेर तस्बिर कैद गर्न सक्ने प्रसस्त ठाउँ छ।

एक पटक हंग्री टाइगरको स्वादिलो परिकार खाए पछि बारम्बार जिब्रोले त्यहिको खान्की खोज्ने गरेको हंग्री टाइगरका नियमित ग्राहक रोजन ओझाले बताए।

गुगलमा सर्च गर्दा फेला नपर्ने नयाँ नयाँ परिकारले सजिएको उक्त हंग्री टाइगरको किचेनमा फरुज चिकेन,अरबी कोप्ता विथ राईस,साईगो चिकेन,पोटाटो चिकेन जस्ता परिकारहरु उपलब्ध छन्। जिउँदो माछा आफै मारेर स्वादिलो स्वादमा खान सक्ने ब्यबस्था गरिएको संचालक नवराज लम्साल बताउनुहुन्छ। आजै बध गरेका कुखुरा मात्र प्रयोग हुने र भोली ति कुखुरा प्रयोग नगरिने रेस्टुरेन्टको नीति छ।

ग्राहकको स्वास्थलाई ध्यान दिएर त्यहा प्रयोग हुने खाद्द सामग्री परिक्षण गरेर मात्र किचेनमा प्रवेश गराउने गरेको लम्साल बताउनुहुन्छ। शनिबार बाहेक हरेक दिन साँझ लाइभ म्युजिकको समेत ब्यबस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्