सुन सफा गरिदिने भन्दै ठगी गर्ने ६ भारतीय पक्राउ



भोजपुर: भोजपुरमा ठगी गर्दै हिँड्ने ६ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

 

सुन सफा गरिदिन्छौँ भन्दै सोझासाझा स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै हिँड्ने उनीहरुलाई पौवादुम्मा गाउँपालिका–४ वास्तिमबाट पक्राउ गरिएको भोजपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख केशवकुमार थेवेले जानकारी दिए ।

 

पक्राउ पर्नेमा भारतको मोतीहारी जिल्ला घोडासहन १४ का लवकुश साह, जितेन्द्र साह, शरणकुमार साह, रवीन्द्र साह, रमेश कुमार र राकेशकुमार रहेको प्रमुख थेवेले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई बिहीबार भोजपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्