डलरको भाउ बढ्यो, कति छ आज विदेशी मुद्राको विनिमरदर ?



काठमाडौं : डलरलगायत विदेशी मुद्राको भाउमा यो साता उतारचढाव आएको छ । गत आइतबारको तुलनामा आज  सबै विदेशी मुद्राको भाउ केही बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ २७ पैसा र बिक्रीदर ११२ रुपैयाँ ८७ पैसा तोकेको छ ।

 

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३० रुपैयाँ ०९ पैसा तोकिएको छ । यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३१ रुपैयाँ तोकिएको छ । बिहीबार खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा तथा आइतबार खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३० रुपैयाँ ९१ पैसा थियो ।

 

हिजो युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा तोकिएकोमा आज खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा तोकिएको छ । यस्तै मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९४ पैसा र बिक्रीदर २७ रुपैयाँ ०८ पैसा तोकिएको छ ।

 

कुवेती दिनार १ को खरिददर ३६९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ५२ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९७ रुपैयाँ ८३ पैसा र बिक्रीदर २९९ रुपैयाँ ४२ पैसा तोकिएको छ । उता कोरियन वनको पनि भाउ केही पैसा बढेको छ । आज खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०६ पैसा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्