नेकपाको बैठक सकियो, राजनीतिक प्रतिवेदन परिर्माजनसहित पास



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सकिएको छ। बैठकले अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन परिर्माजनसहित पास गरेको छ ।

 

शुक्रबार बसेको बैठकले प्रतिवेदन पास गरेको नेता झलनाथ खनालले जानकारी दिए । नेताहरुका अनुसार परिर्माजित प्रतिवेदन सचिवालयमा पेश हुनेछ ।

 

पार्टी एकताको सम्पूर्ण काम पूरा गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा रामबहादुर थापा, शंकर पोख्रेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, सुरेन्द्र पाण्डे,बेदुराम भुसाल सदस्य रहेको कार्यदल पनि गठन भएको छ।

 

विधान, सांगठनिक एकीकरणका विषयमा गृहकार्य गरेर कार्यदलले सुझाव प्रतिवेदन प्रस्तुत गर्ने अख्तियारी पाएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्