रोममा पिसाब सम्बन्धी रोचक इतिहास



बेल्जियमको ब्रसेल्समा ‘मैनकेन पिस’ नामको एक मूर्ति विश्वमाझ प्रसिद्ध छ। त्यस मूर्ति हेर्दा सानो बालकले पिसाब गरिरहेको जस्तो देखिन्छ। यसलाई हेर्न विश्वका विभिन्न स्थानबाट पर्यटकहरु आउने गर्दछन्। यस मूर्ति ब्रसेल्सका स्थानीयवासी र उनीहरुको रमाइलो व्यवहारको प्रतिकको रुपमा चिन्ने गरिन्छ।

 

रोममा पिसाबको प्रयोग प्राचीन समयदेखिनै प्रयोग हुँदै आएको थियो। इतिहासविदहरुका अनुसार रोग निदानको लागि पिसाब प्रयोग हुने गर्दथ्यो। रोमन सम्राट टिटो फ्लेविओ वेस्पासियानोले सन् ९ देखि ७९ सालसम्म पिसाबलाई घरेलु उपचारको रुपमा प्रयोग गरेको बताइन्छ।

 

रोमन साम्राज्यको धोबीघाट फुलोनिकसमा पिसाब एकत्रित गरिन्थो। त्यसलाई सडिन्जेल छाडिन्थ्यो। त्यस पिसाब पछि गएर अमोनिया ग्याँस बन्ने गरेको बताइन्छ। त्यस ग्याँसको सहयोगमा साबुन तयार गरिन्थ्यो। जसले कपडा धुन मदत पुग्थ्यो। रोमन दर्शनशास्त्री तथा लेखक सेनेका भन्छन्, पिसाबबाट बनेको साबुनले लगा धुएपछि सफा हुन्थ्यो।

 

त्यसपछि धोबीहरुले कपडामा अर्को सुगन्धित साबुन प्रयोग गर्दथे। जसले कपडाको दुर्गन्धलाई हटाउँथ्यो।

 

कपडा धुँदै धोबी

पिसाबमा कर

धोबिहरुले पिसाबको सहयोगमा राम्रो व्यवसाय संचालन गर्दै थिए। तर जब वेस्पासियानो सत्तामा आए। उनले पिसाबमा कर लगाउन थाले। कर उनीहरुको लागि थियो जो रोममा पिसाबबाट आम्दानी गर्दथे।

 

पिसाब जनवारको खाल नरम बनाउन र पकाउन समेत प्रयोग गरिन्थ्यो। रोमन इतिहासकार स्युटोनियस भन्छन्, वेस्पासियानका छोरा टिटोलाई आफ्ना पिताले पिसाबमा लगाएको कर सबैभन्दा घृणीत कार्य लाग्यो।

 

त्यसको जवाफमा सम्राटले एक सुनको सिक्का टिटोको नाकमा राखे र सोधे,‘के सिक्का गन्हायो?’ त्यसपछि रोममा एक भनाइ सुरु भयो,‘पैसाबाट कहिल्यै दुर्गन्ध आउँदैन।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्