यसरी परे सेलिब्रिटीहरु ट्रोलमा



काठमाडौं : कुनै पनि कलाकार जुन समयमा पनि ट्रोलको सिकार हुन सक्छन् । कोही जानी जानी गरेको कामबाट ट्रोलको सिकार बन्छन् त कोहिलाई थाहा नपाएर । सामाजिक सञ्जालले पनि कुन बेला कुन कलाकारले मजाक बन्नुपर्छ थाहा नहुने भइसकेको छ ।

चर्चित मोडल अञ्जली अधिकार


पछिल्लो समय ‘बोल माया’ र ‘गलबन्दी’ मा अभिनय गरेका कारण खुबै चर्चामा आइन्, मोडल अञ्जली अधिकारी। पछिल्लो समय अञ्जली म्युजिक भिडियोमा निकै व्यस्त छिन् । तर अहिले उनी ट्रोलको सिकार बनिन्। म्युजिक भिडियोकी चर्चित मोडल अधिकारीले दिएको एक अन्तर्वार्ताका कारण सामाजिक सञ्जालमा ट्रोल बनेकी हुन्। अन्तर्वार्तामा प्रश्नकर्ताले सोध्छन् – ‘तपाईंको रिसेन्ट रिलेशनशीप स्टाटस ?’ यसको उत्तरमा अञ्जली भन्छिन् – ‘म स्टाटस त्यस्तो भन्दा पनि गीतहरु नै हुन्छ नि एउटा मलाई तिम्रो मायाले बाँधिराख न टाइपको थोरै लेख्छु । मैले धेरै भिडियोको लिंकहरु नै शेयर गर्ने गर्छु ।’ उनको यो उत्तर सामाजिक सञ्जालमा भाइरलपछि अञ्जलीले सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै प्रश्न नै नबुझेको बताएकी छन् ।

नायक पल शाह

Image result for अनमोल केसी ट्रोल


अहिलेका चल्तीका नायक रुपमा पल शाह पनि पर्छन् । म्युजिक भिडियोबाट एकाएक ठूलो पर्दामा देखिएका नायक पलले चलचित्र ‘नाइँ नभन्नु ल–४’ बाट फिल्ममा डेब्यु गरेका हुन् । उनी पनि ट्रोलको सिकारबाट अछुतो रहेनन् । केहि समयअघि नायक पल शाहले एक इन्टरभ्यूमा भनेका छन्–‘हामी ३ जना, ४ जनाले मात्र धान्न सक्दैनौ । हामी जस्ता १०–१२ जना चाहिन्छ नायकहरु । त्यसपछि बल्ल यो क्षेत्रलाई माथि लाने होनि त ।’ पलले यसो भनेपछि उनको ट्रोलको शिकार भएका हुन् ।

नायिका वर्षा राउत


नेपाली सिनेमा क्षेत्रमा बर्षाले आफनो अभिनय र राम्रा राम्रा फिल्महरुको कारण दर्शकहरुको मन जित्दै गएकी छिन् । यसबीचमा उनले राम्रो शुभेच्क्षुक र फ्यानहरु बढाएकी पनि छिन् । उनी पनि पहिरनका कारण नराम्रोसँग ट्रोलको सिकार बनिन् । फिल्म जात्रै जात्राको सफलताले दंग परेकी बर्षाले अष्ट्रेलियामा भएको शोको दौरानमा लगाएको पहिरनले उनी आलोचित पनि बनिन् भने ट्रोलको सिकार पनि भईन। प्राय सिम्पल पहिरन र भुमिकामा रुचाईएकी बर्षाले उक्त शोको दौरान लगाएको पहिरनको कारण उनलाई बिवाह भन्दापछि झन बोल्ड बनेको भन्दै ट्रोल बनाइएको हो

नायक प्रदीप खड्का


फिल्म ‘लिलि बिल्ली’ को गीत रिलिज पछि नायक प्रदीप खड्का पनि ट्रोलको शिकार बनेका थिए । गीतमा नायक प्रदीप र नायिका जसितालाई स्कटल्यान्डमा आकर्षक तरिकाले खिचिएको थियो तर, गीतमा नायक प्रदीप खड्काले लगाएको पहिरन भने ट्रोल बन्न पुगेको हो। ‘लिलि बिल्ली’ मा उनले लगाएको कोटको कलर ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ सँग मिल्न गएपछि उनी सामाजिक सञ्जालमा मजाकको पात्र बनेका थिए ।

नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह


नायिका साम्राज्ञी नेपाली फिल्मी रजतपटमा चर्चित नायिका हुन् । उनले अनमोल केसीको जोडीको रुपमा ड्रिम्सबाट डेब्यु गरेकी थिइन् । उनि कहिले फेसनेवल पहिरन त कहिले प्रेम सम्बन्धका कारण चर्चामा आई रहन्छिन । सम्राज्ञीले वक्षस्थलमा ट्याटु खोपाएको तस्वीरको कारणले ट्रोलको शिकार भएकी थिइन् ।

नायक सलिनमान बनियाँ


नेपाली चलचित्र क्षेत्रमा ‘स्टाइलिस्ट स्टार’का रुपमा चिनिने नायक सलिनमान बनिया पनि ट्रोलको शिकार बने। कपालकै विषयलाई लिएर उनलाई ‘दुम्सी’ उपनाम पनि दिने गरिएको थियो। सलिनले आफुलाई दुम्सी भन्दा पनि खुसि लाग्ने बताए।

नायिका वर्षा सिवाकोटी


नायिका वर्षा सिवाकोटीको पनि पहिरनका कारण ट्रोल बनिन् । फिल्म ‘बीर विक्रम २’ जेठ ३ गते देखि प्रर्दशनमा आएको थियो । फिल्मकी नायिका वर्षा सिवाकोटी फिल्मको प्रमोशनको लागि व्यस्त थिइन् । फिल्म प्रचारको क्रममा वर्षाले लगाएको एउटा पहिरन सामाजिक सञ्जालमा भाइरल भयो। जिन्सको ज्याकेटको बटम तलमाथि गरेर लगाउँदा वर्षा ट्रोलको सिकार भएकी थिइन् ।

नायिका प्रियंका कार्की

Image result for नायिका प्रियंका कार्की ट्रोल


त्यस्तै, रजतपटमा अभिव्यक्ति, पहिरन र गतिविधिका कारण ट्रोलको शिकार बन्ने नायिका हुन् प्रियंका कार्की । हालसालै ७२ औँ कान्स फिल्म फेस्टिवलमा फ्रान्स पुगेकी प्रियंकाले माइकल ज्याक्सनको फेमिलीले आयोजना गरेको पिस नाईटमा लगाएको पहिरन र नायिका नम्रता श्रेष्ठले प्रसाद फिल्मको प्रिमियरमा लगाएको पहिरन ठ्याक्क मिले पछि ट्रोलको शिकार बेनकी थिइन् । कान्समा बलिउडरहलिउड नायिका प्रियंका चोपडाको पहिरन र पोज पनि उस्तै–उस्तै बने पछि कार्की ट्रोलको शिकार बनेकी हुन्।

अभिनेता अनमोल केसी


अभिनेता अनमोल केसीमाथि निकै ट्रोल बनाइएको छ। उनलाई केटीजस्तो देखिने, अत्यधिक पारिश्रमिक लिने भन्दै व्यंग्य गरियो । अझै पनि सामाजिक सञ्जालमा उनको फोटो राखेर अनेकन किसिमको मजाक गर्ने क्रम रोकिएको छैन । आफूलाई त्यसरी उडाइँदा सेलिब्रिटीहरू अक्सर झोक्किने गर्छन् । तर, अनमोलको पारा अर्कै छ । उनी त ‘यस्ता ट्रोल अझै बनाइदिइरहन’ आग्रह गर्छन् ।

सौगात मल्ल


नेपाली सेलिब्रिटीमध्ये सम्भवत : सबैभन्दा धेरै ट्रोल बनाइएका अभिनेता हुन्, सौगात मल्ल । उनीबारे सकारात्मक र नकारात्मक दुवैथरी ट्रोल बनेका छन् । ‘हाकु काले’, ‘हाकुचा’ जस्ता अनेक नाममा फेसबुक पेज खोलिएको छ । तिनमा सौगातको फोटो राखेर समसामयिक विषयमाथि व्यंग्य गर्ने गरिएको छ ।

यी त प्रतिनिधि उदाहरण मात्र हुन् । धेरै जसो नेपाली कलाकारहरु समय समयमा विभिन्न कारणले गर्दा ट्रोलको शिकार बनिरहन्छन् ।

के हो ट्रोल ?
ट्रोल भन्ने बित्तिकै सामाजिक सञ्जालमा कसैलाई अनेकन किसिमको मजाक गर्ने अथवा व्याङ्ग्य गर्नु हो । कलिउडका कलाकार मात्र हैन बलिउड र हलिउडका कलाकार पनि बेला बेला ट्रोलको सिकार भइरहेका हुन्छन् । सेलिब्रेटीहरुका बोलीचाली, अलि फरक पहिरन र फरक व्यवहार देखिने वित्तिकै सामाजिक सञ्जालमा ट्रोल बन्ने गर्दछ । यहाँ ट्रोलको सिकार बनेका नेपालका केहि चलेका सेलिब्रेटिहरु बारे कुरा गछौं ।

प्रतिक्रिया दिनुहोस्