स्कुल गएका ३ बालिका चार दिनदेखि बेपत्ता



सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिकाका स्कुल गएका ३ बालिका चार दिनदेखि घर फर्केका छैनन्। गाउँपालिका ५ आलीमा पर्ने श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कक्षा ६ मा अध्यनरत बालिकाहरू ४ दिनदेखि हालसम्म अज्ञात अवस्थामा रहेका छन्। 

 

साविक खानिखोला गाउँ विकास समिति ९ खान्मा हाल सिम्ता गाउँपालिका ९ खानिखोला स्थायी घर भएका ती बालिकाहरु गत पुस १० गते मंगलबारदेखि सम्पर्कविहीन रहेको पारिवारिक स्रोतले जनाएको छ। 

 

खानीखोलाका ९ का १४ वर्षीया बालिका निशा सिंह ठकुरी सोही ठाउँकी एकै घरका दुई बहिनी १५ वर्षीया यमुना खत्री र उनकी बहिनी १२ वर्षकी रिसिमा खत्री रहेका छन्।  

निशाकी आमा भगवती सिंहले र गत पौष १० गते दिउँसो १ बजे हाफ टाइमको समयमा कापी बिर्सियो भनेर घर आएको र फेरि स्कुल गएकी छोरीको हालसम्म अत्तोपत्तो नभएको बताइन्। 

 

उनीसँगै यमुना खत्री र रिसिमाका २ बहिनी पनि हाफ टाइममा निशाको घर आएको र फेरि स्कुल गएदेखि नफर्किएको उनको भनाई छ। छोरी बेलुकी घर नआएपछिआफन्तहरूको घरमा सोध्दा नभेटिएपछि सोही दिन राती प्रहरीचौकी आलीमा खबर गर्दा समेत प्रहरीले वेवास्ता गरेको भगवतीले गुनासो गरिन्।

 

प्रतिक्रिया दिनुहोस्