शहीदका सपना पुरा गर्न कमाण्डरलाई सुझाव



सुर्खेतः कर्णालीका सहिद परिवारले सँगै युद्धमा होमिएका साथीहरुको सपना पुरा गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सुझाव दिएका छन् । परिवारका सदस्यले सँगै युद्धमा लडेका कमाण्डर अहिले नेतृत्व गरिरहेकाले कुनै पनि हालतमा शहीदका सपना पुरा गर्न सुझाव दिएका हुन् ।     

 

 मुख्यमन्त्री कार्यालयमा नै पुगेर सहिद परिवारले देशका लागि बलिदानी दिएकाहरुको सपना पुरा भएको छ वा छैन भन्ने राम्रोसँग नियाल्न पनि अनुरोध गरेका छन् । भेटका क्रममा मुख्यमन्त्री शाहीले परिवतर्नको लडाईँमा छेउमै ढलेका सहिदका सपना भुलेको बताए ।

 

 शुक्रबार द्वन्द्वबाट बढी प्रभावित क्षेत्र रुकुम पश्चिमका सहिद परिवारले सुर्खेत पुगेरै मुख्यमन्त्रीलाई सहिदका सपना र बलिदानीको कदर गर्न अनुरोध गरेका थिए । सहिद परिवारको समस्यालाई आफूले नजिकबाट अनुभुति भएको बताउदै मुख्यमन्त्री शाहीले सहिद परिवारको समस्या सामाधानका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । 

 

जनयुद्धका घाइते अपाङ्ग योद्धाहरुको लागि प्रदेशस्तरिय पुनस्र्थापना केन्द्रको स्थापना गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी दिए । त्यसैगरी द्धन्द्ध प्रभावित व्यक्तिका मनोसामाजिक परामर्शलगायतका कार्यक्रम संचालन गरिने पनि सहिद परिवारलाई जानकारी गराए । 

 

मुख्यमन्त्रीसँगको भेटका क्रममा रुकुमपश्चिममा द्धन्द्धको बेला भएका सामुहिक हत्याकाण्डमा हत्या गरिएका खारा, पिपल, मग्माका शहीद परिवार तथा द्धन्द्धका क्रममा हिंसापीडित महिलाहरुले आफ्ना समस्या सामाधान गर्न माग गर्दै मुख्यमन्त्री शाहीलाई ज्ञापन–पत्रसमेत बुझाएका छन् ।  

 

प्रतिक्रिया दिनुहोस्