ताेडमाेड गरिएकाे भन्दै गण्डकी प्रदेशको लोगोविरुद्ध उजुरी



पोखरा :  गण्डकी प्रदेशको लागि छनाैंट गरिएकाे लाेगाे अर्कैकाे ताेडमाेड गरेर बनाइएकाे भन्दै उजुरी परेकाे छ । निर्माता विनित रानाले प्रतिस्पर्धामै सहभागी पोखराका महेन्द्र उपाध्यायले पेश गरेकाे लाेगाेलार्इ ताेडमाेड गरेकाे भन्दै उनी विरुद्व कपिराइटको उजुरी परेको हाे । 

 

असोज १५ गते प्रदेशको लोगो तथा पोशाक सिफारिस समितिले कार्यव्यवस्था परामर्श समितिले लोगो कार्यव्यवस्था परामर्श समितिमा पेश गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। प्रदेश सभा सचिवालयले गत साउन २१ गते सूचना जारी गरी खुल्ला प्रतिस्पर्धा गरी लोगोको आह्वान गरेको थियो।

 

 सोही सूचनाका आधारमा उपाध्याय, रानामगरसँगै पवन पौडेल, अनुसन्धान पोखरेल र प्रेम श्रेष्ठले १२ वटा लोगोको नमुना पेश गरेको थिए। पाँच जनाको १२ वटा लोगो मध्ये गोरखाका विनित राना मगरको लोगो छानिएको छ।

 

 गत भदौ ३० गते प्रदेशसभा सदस्य मायानाथ अधिकारीको संयोजकत्वमा मणिभद्र शर्मा, गायत्री गुरुङ, कृष्ण थापा, हरिशरण आचार्य सहभागी बैठकले गोरखाका बिनितको लोगो चयन गरेका थिए। 

 

प्रतिक्रिया दिनुहोस्