कपिल पौडेलको ‘साला काठमाडौंमा’ सार्बजनिक



काठमाडौं : गायक कपिल पौडेलको आवाज रहेको 'साला काठमाडौंमा' बोलको गीत सार्वजनिक गरिएको छ । भिडियोमा आफ्नो सपना पुरा गर्न काठमाडौं पसेको एक युवाले भोग्नु परेका विभिन्न समस्यालाई देखाइएको छ ।

शिशिर भण्डारी, स्मारिका खनाल, प्रभात लामा र लक्ष्मणराज अधिकारीको अभिनय रहेको भिडियोको निर्देशन कलाकार तथा सञ्चारकर्मी सन्तोष खनालले गरेका हुन् । 

गायक पौडेलकै संगीत रहेको गीत नीरज भट्टले लेखेका हुन् । वाई.पी। घिमिरेले छायाङ्कन गरेको भिडियोको सम्पादन संजिप श्रेष्ठले गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्