फिल्म ‘बदला’को सबै श्रेय अमिताभलाई, भड्किएकी तापसीले भनिन्,‘फिल्ममा धेरै सीन त मेरो थियो’



एजेन्सी : बलिउड अभिनेत्री तापसी पन्नु फिल्म ‘बदला’को सबै श्रेय अभिनेता अमिताभ बच्चनलाई दिएपछि भड्किएकी छिन् । उनले फिल्मको श्रेय सबै बच्चनलाई दिएकोप्रति गुनासो गर्दै फिल्ममा अमिताभको भन्दा आफ्नो भूमिका धेरै भएको बताएकी छिन् ।

बलिउडकी स्पष्टवक्ताको रुपमा चिनिएकी तापसीले नेहा धूपियाको कार्यक्रम ‘नो फिल्टर नेहा’ मा फिल्मको सबै क्रेडिट अमिताभलाई दिएकोमा आपत्ति जनाएकी थिइन् ।

अमिताभ बच्चनको फिल्म ‘बदला’ मा अमिताभसँग अभिनय गरेकी तापसीले नेहा धूपियाको जवाफ दिदैँ भनिन्, ‘फिल्ममा मैले अमिताभलेभन्दा धेरै भूमिका निभाएकी छु । हो, फिल्ममा उनी हिरो थिए म शत्रु । तर फिल्ममा धेरै काम मैले गरेकी छु । यद्यपि, सबै फिल्मको क्रेडिट अमिताभलाई दिइयो । यो फिल्म उद्योग नै पुरुषप्रधान छ ।’

उनले फिल्ममा काम गरेवापत दिइने पारिश्रमिकमा पनि भेदभाव भएको उल्लेख गरेकी थिइन् । उनले फिल्ममा अभिनेत्रीलाई अभिनेतालाई दिइने पारिश्रमिकको ५ वा १० प्रतिशत मात्र दिइने भन्दै विरोध जनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्