भक्तपुरमा राप्रपा र कांग्रेसको संयुक्त चुनावी सभा



भक्तपुर निर्वाचन क्षेत्र १ मा राप्रपा र नेपाली कांग्रेसले संयुक्त चुनावी कार्यक्रम सुरु गरेको छ । मंगलबार राप्रपा र कांग्रेसले चागुनारायण नगरपालिका–८ स्थित सरस्वतीस्थानबाट चुनावी अभियान सुरु गरेको हो ।

चुनावी कार्यक्रम राप्रपा संयुक्तका वरिष्ठ उपाध्यक्ष जय बहादुर कार्कीको अतिथ्यमा तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेको उपस्थितीमा सञ्चालन गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष हरि नेपाल, उम्मेदवार कृष्ण लाल भँडेल लगायत दुवै पार्टीका नेता तथा कार्यकर्ताहरु गरी १५० वढीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले राप्रपासँग एक ढिक्का भएकाले जित सुनिश्चित भएको बताएका छन् । उनले भने, ‘नेकपाको दुई तिहाई सरकारले बलात्कारी र वेथितिको संरक्षण गरेर राष्ट्रियतालाई कमजोर बताएको छ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अत्तालिएर कहिले सचिवालय त कहिले मन्त्रीमण्डल परिवर्तको बहाना गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्