जापानी परराष्ट्रमन्त्री २५ पुसमा आउने



काठमाडौं: जापानका परराष्ट्रमन्त्री तारो कोनो २५ र २६ पुसमा नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा उनी आउन लागेका हुन् ।

 

उनी भारतको औपचारिक भ्रमण सकेर नेपाल आउनेछन् ।  जापानको परराष्ट्रमन्त्रालयका अनुसार कोनोले २३ देखि २८ पुससम्म भारत, नेपाल र फ्रान्स भ्रमणमा जाने तय भएको छ ।

 

उनी २३ देखि २४ पुससम्म भारत, २५ र २६ पुस नेपाल तथा २७ र २८ मा फ्रान्समा रहनेछन् । परराष्ट्रमन्त्री ज्ञवालीसँग जापानी परराष्ट्रमन्त्री कोनाको प्रतिनिधिमण्डलस्तरीय वार्ता २५ पुसमा हुनेछ । सोही दिन संयुक्त पत्रकार सम्मेलन हुने कार्यक्रम छ ।

 

त्यही दिन ज्ञवालीले जापानी समकक्षीको सम्मानमा रात्रीभोज आयोजना गर्दै छन् । जापानका परराष्ट्रमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको नयाँपत्रिकामा खवर छ ।  

प्रतिक्रिया दिनुहोस्