एकै गाउँका तीन किशोरी चारदिनदेखि वेपत्ता, ड्राइभरले वेपत्ता बनाएको आशंका



काठमाडौं: पूर्वी सुर्खेतका तीन बालिका एकैदिन बेपत्ता भएका छन्। विद्यालयमा पढ्न भनेर गएका सिम्ता गाउँपालिकाका तीन बालिका बाटैबाट बेपत्ता भएका हुन्।

 

गाउँपालिकाको वडा नम्वर ५ आलीमा पर्ने श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कक्षा ६ मा अध्यनरत बालिकाहरु ४ दिनदेखि बेपत्ता भएका खबर आजको अन्नपूर्ण पोष्टमा छ ।साविक खानीखोला गाविस वडा नम्बर ९ खान्मा हाल सिम्ता गाउँपालिका वडा नम्बर ९ खानिखोला स्थायी घर भएका ति बालिकाहरु मंगलवार देखि सम्पर्क विहिन रहेको पारीवारिक स्रोतले जनाएको छ।

 

बेपत्ता हुनेहरुमा खानिखोलाका ९ का १४ वर्षीया निशा सिंह ठकुरी, त्यही ठाउँ बस्ने एकै घरका दुई बहिनी १५ वर्षीया यमुना खत्री र उनकी बहिनी १२ वर्षीया रिसिमा खत्री छन् । निशाकी आमा भगवती सिंहका अनुसार पुस १० गते दिउँसो १ बजे टिफिनमा घर आएपछि कापी बिर्सिएँ भनेर स्कुल गएका छोरी हालसम्म घरमा फर्केका छैननन्।

 

उनीसँगै यमुना खत्री र रिसिमाका २ बहिनी पनि टिफिनमा निशाको घर आए फेरि स्कुल गएदेखी नफर्किएको उनको भनाइ छ । छोरीहरु बेलुकी घर नआएपछि आफन्तकहाँ सोध्दा नभेटिएपछि त्यही दिन राति प्रहरी चौकी आलीमा खबर गर्दा बेवास्ता गरेको भगवती बताउँछिन्।

 

स्कुल पढाएका छोरीहरु एकाएक गायब हुँदा अनौठौ लागेको यमुना खत्रीकी आमा दीपाले जानकारी दिइन् । बुटवल फुपूको घर जाने भन्दै स्थानीय सल्लीबजारमा गाडी चालकहरुसँग उनीहरुले कुरा गरेको सुन्नमा आएको दीपाले बताइन्।

 

एकजना गाडी चालकले सल्लीबजारदेखि मेहलकुनासम्म उनीहरुलाई लिएर रात परेपछि आफ्नै घरमा राखेको खुलेको छ । तर उनीहरु बिहानै कसैलाई थाहा नदिइ हिँडेको चालक बताउँछन् । हाल प्रहरीले चालकलाईसमेत इलाका प्रहरी कार्यलय छिन्चुमा राखेर सोधपुछ गरिएको छ। हराएका बालिका निशा र यमुनाका बुवा हाल रोजगारीका लागि भारतमा छन् । निशाका बुवा गणेश सिंहले हराएका छोरीहरुको खोजी गरिदिन अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्