‘लिभिङ टुगेदर’मा रहेका सौगात र सृष्टि विवाह बन्धनमा बाधिँदै



काठमाडौं : ‘लिभिङ टुगेदर’मा रमाइरहेका अभिनेत्री सौगात मल्ल र सृष्टि श्रेष्ठ विवाह बन्धनमा बाधिने भएका छन् ।

सृष्टिसँग विवाह कहिले हुने हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा सौगातले भने–‘हामी एक अर्कासँग एकदमै खुसी छौं । अब छिट्टै विहे गर्नुपर्छ भन्ने सोच हो, तर ठ्याक्कै कहिले भन्नेचाहिँ सोचिसकेका छैनौं ।’

खुलेर एक अर्काको तारिफ गर्न र प्रेम सम्बन्धबारे बोल्ने यो जोडी पछिल्लो समय पर्दामा पनि एकसाथ देखिन थालेको छ । मङ्गलबार काठमाडौंमा फिल्म ‘माछा माछा’को पत्रकार भेटघाट कार्यक्रममा अभिनेता सौगातले यस्तो बताएका हुन् ।

पत्रकार भेटघाटमा सौगातले दुई जनाबीचको प्रेम सम्बन्ध दुवै परिवारका लागि स्वागतयोग्य रहेको र विवाहका बारेमा आफैं निर्णय लिने जिम्मेवारी दिएकोसमेत बताए ।

यतिबेला भने सौगात मङ्सिर २० बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘माछा माछा’को प्रचारप्रसारमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्