पूर्व मिस नेपाल मलिनाले किस खादा हंगामा



काठमाडौ : सामाजिक संजालमा अहिले मोडल तथा अभिनेतृहरुले आफुनो प्रेमीसँग रामान्सका तस्वीर अपलोड गर्ने होड नै चलेको छ । केही दिनअघि ‘कृ’ अभिनेत्री अदिति बुढाथोकीले सामाजिक सञ्जालमा आफ्नो तस्बिर सेयर गरेकी थिइन्।

यस्तै अहिले भने पूर्व मिस नेपाल मलिना जोशीले पनि आफ्नो प्रेमी शुसान्त प्रधानको तस्वीर राखेपछि एकाएक चर्चा छाएको छ ।

यतिबेला भने पूर्व मिस नेपाल मलिना जोशीका प्रेमीको चर्चा छ। नहोस् पनि किन ? अदितिको प्रेमीको चर्चा हुँदा मिस नेपालको प्रेमीको चर्चा नगर्नुपर्ने त्यस्तो केही छ र ?

यसै साता उनले इन्स्टाग्राममा प्रेमी सुशान्त प्रधानको तस्बिर सार्वजनिक गरेकी हुन्। सुशान्तले उनको नरम गालामा चुम्बन गरेको यो तस्बिरको चर्चा व्यापक भइरहेको छ।

इन्स्टामा चुम्बन मात्र होइन, टिप्पणी पनि गरेकी छन्। उनले अंग्रेजीमा लेखेकी छन्, ‘मलाई थाहा छ, म तिमीलाई पहिला पनि उस्तै माया गर्थें तर तिमीलाई कहिल्यै थाहा हुन दिइनँ किनकी तिमीलाई गुमाउने पो हुँ कि भन्ने डर गढेको थियो।’

प्रतिक्रिया दिनुहोस्