गायिका ज्योतिको स्तनको क्लिभेज तस्वीरले पायो चर्चा



काठमाडौं : गायिका ज्योति मगर फण्डा गर्न माहिर छन् । कहिले स्टेज, स्टेज नपाए सामाजिक सञ्जाल ! सञ्जालमा बेलामौकामा उनी विवादित कुरा राखिरहन्छिन् । यस्ता फण्डाको उद्देश्य मिडियामा छाउनु नै देखिन्छ । त्यसैले त उनी कहिले बिहे–जोडी चाहियो भनी विज्ञापन गर्छिन् त कहिले उत्तेजक तस्वीर राखेर उनका प्रशंसकको धड्कन बढाइदिन्छन् ।

यो साता पनि उनले यस्तै केही उत्तेजक काम गरिन् । फेसबुकमा क्लिभेजसहितको तस्वीर राखिन् । उनले जस्तो तस्वीर राखिन्, त्यो ठूलो कुरा भएन किनभने उनको क्लिभेजसहितको तस्वीर यसअघि पनि नदेखिएको होइन । तर, स्तनको क्लिभेजसँगै उनले जे लेखिन्, त्यो चाहिँ चर्चालायक पक्ष नै थियो ।

फोटोको क्याप्सनमा ज्योति लेखिन्– ‘सुन्दरता र कामुकता हाम्रो कमजोरी होइन, शक्ति हो ।’

अंग्रेजीमा उनले लेखेकी छन्, ‘यस्, आइएम अ वुमन, एण्ड, आई ह्याभ ब्युटिफुल क्लिभेज विथ लट्स अफ सेक्सुअल डियायर !’

प्रतिक्रिया दिनुहोस्