प्रेमीसँग मस्ती गर्दा र्‍यापर लिटिलको फोटो सार्वजनिक



अमेरिका : अमेरिकन र्‍यापर लिटिल किम प्रेमी द ग्रेटसँग हालै वेस्ट हलिउडमा मस्ती गर्दै गरेको बेला फोटोग्राफरको नजरमा परिन् ।

प्रेमीसँग निकै मायालु व्यवहार गरिरहेकी ४५ वर्षीया र्‍यापरले फोटोपत्रकारले पछ्याएको चाल पाए पनि कुनै नकारात्मक प्रतिक्रिया देखाइनन् । प्रेमीसँग झन टाँसिइन् र मायालु व्यवहार बढाइन्

ब्ल्याकटपमा रहेकी उनी प्रेमीसँट नाइट क्लबबाट बाहिरिएकी थिइन् । उनले केही समय अगाडि इन्स्टाग्राममा प्रेमीसँगको भिडियो सार्वजनिक गरे पनि सार्वजनिक रुपमा सँगै देखिएका थिएनन् । भिडियोमा उनलाई प्रेमीले हिराको हार दिइरहेको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्