भोकमरीमा सेतो भालु, पेन्गुइन र सिलमाछा संकटमा



काठमाडौं: ध्रुवीय सेतो भालु थोरै वर्षपछि फोटोमा मात्र सिमित हुने भएको छ । विश्व जलवायु परिवर्तनको प्रक्रियासँगै ध्रुवीय हिउँ अकल्पनीय रुपमा पग्लन थालेपछि सेतो भालु, पेन्गुइन र सिलमाछा लगायतका ध्रुवीय प्राणीहरु लोप हुने अवस्थामा पुगेका छन् । यी प्राणीहरु वैज्ञानिकहरुले कल्पना गरेको भन्दा पनि थोरै र छोटो समयमा लोप हुने भएका छन् ।

 

हिउँ पग्लने क्रममा आएको तीव्रता र आहाराको कमीका कारण सेतो भालु लगायतका ध्रुवीय प्राणीहरु खाना नपाएर खानाको खोजीमा भौतारिइरहेका छन् । यसले उनीहरुको लोपहुने प्रक्रियालाई तीब्रता दिएको छ ।

 

कतिपय ठाउँहरुमा त भालुले भालुलाई मारेर खाने गरिरहेको छ । अहिलेसम्मको प्राणी जगतको अध्ययनमा माछा बाहेक अन्य प्राणीहरुले स्वजातिय आहार गरेको कमै पाइन्छ ।कुकुर आफैमा मासु खाने प्राणी हो, तर कुकुरले अर्को कुकुर वा मारिएको वा मरेको कुकुरको मासु खाँदैन । दुःखद कुरा मान्नुपर्छ हिमभालुले हिमभालुकै सिकार गरेर खान थालेका छन् ।

 

सिकारका लागि भौंतारिएर पनि केही नपाएर ठूलो संख्यामा भालुहरु मरिसकेका छन् । आहाराहरु नपाउनु वा पाए पनि मार्न नसक्नु उनीहरुको सबैभन्दा ठूलो समस्या बन्न गएको छ ।

 

सोधकर्ता, अनुसन्धाकर्ता र वैज्ञानिकहरुमा खोजको क्रममा पछिल्लो चरणमा अझैं पनि खुल्न नसकेको रहस्य के हो भने हिउँमा भालुहरु बस्ने, खाने, सिकार गर्ने र आफूलाई आवश्यक पर्ने आहाराको प्रणाली र तरिका कस्तो थियो ? हालको संकटपूर्ण अवस्थामा त्यो सिस्टममा कस्तो बदलाव वा संकट आएको छ र उनीहरु के कारणले उक्त बदलिएको प्रणालीमा समाहित हुन सकिरहेका छैनन् । आफूलाई नयाँ प्रणालीअनुसार रुपान्तरण गर्न सकिरहेकका छैनन् ।

 

एउटा वयस्क हिम भालुलाई बाँच्नका लागि प्रतिदिन १२३२५ क्यालोरी आवश्यक हुन्छ । यसको अर्थ एक वयस्क हिम भालुलाई एउटा सिलमात्र १० दिनका लागि पर्याप्त हुन्छ ।

 

अहिले त प्रति १० हिमभालुहरुमा ९ वटा हिमभालुहरु खानाको यो पर्याप्तताबाट बञ्चित हुन पुगेका छन् । जसले गर्दा उनीहरुमा हाल भोकमरीले सताएको छ र मर्दै गइरहेका छन् । उनीहरु दिनमा कम्तीमा पनि १२ घण्टा खानाको खोजीमा भौतारिइरहन्छन् ।

 

हिम भालुहरुको खाना मुख्य गरी सिल माछा हो । सिल माछा हिउँमा बस्ने र पाइने माछा हो । हिउँ पग्लिएपछि यो माछा पाइन छाडेको छ ।

प्रतिक्रिया दिनुहोस्