हत्या अभियुक्त मेयरलाई सफाइ



काठमाडौं: हिन्दु युवा संघ वीरगन्जका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा कैद भुक्तान गरिरहेका रौतहट कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई सर्वोच्च अदालतले शुक्रबार सफाइ दिएको छ ।

 

सर्वोच्चका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको इजलासले उच्च अदालत जनकपुरको जन्मकैदको फैसला उल्ट्याई तिवारीलाई सफाइ दिएको हो । जिल्ला अदालत बाराले दिएको सफाइ उल्टाउँदै जनकपुर उच्च अदालतले ०७४ फागुन २५ मा कुशवाहलाई जन्मकैदको सजाय हुने फैसला गरेको थियो ।

 

कुशवाह तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार भई कटहरिया नगरपालिकाको मेयर निर्वाचित भएका थिए । उनी तत्कालीन मन्त्री प्रभु साहका स्वकीय सचिव थिए । २०६७ असार १२ मा वीरगन्ज मसानघाटस्थित शिवपार्वती मन्दिर नजिकै तिवारीको हत्या भएको थियो । अदालतको आदेशसँगै उनी शुक्रबारै रिहा भएका कान्तिपुरमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्