टिप्पर दुर्घटनामा तीनको मृत्यु


सिमकोट : हुम्लाको सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा आज साँझ टिप्पर पल्ँिटदा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोवस्तीको सामानसहित सदरमुकाम सिमकोटतिर आउँदै गरेको लु४ख ३२६९ नं टिप्पर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१ निवासी हेप्का गाउँका तान्ज्योत लामा, छिरिङ लामा नोरी लामा रहेका छन् । टिप्पर सडकभन्दा करीब ३० मिटर तल खसेको छ ।

घाइतेहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको र अधिकांशको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

टिप्पर चालक काभ्रे जिल्ला बुद्ध नगरपालिका–११ भालुखर्कका आनन्द तामाङ्गलाई स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको स्थानीयवासीले बताएका छन् । दुर्घटनामा के कति हताहत भए भन्ने अनुसन्धान र घाइतेहरुको उद्धारका लागि प्रहरी सहायक निरीक्षकसहितको १३ जनाको टोली घटनास्थलमा पुगेको छ ।

घाइतेको अवस्था बुझ्नको लागि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल अस्पतालमा गएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल टप मिडिया प्रालिद्वारा सञ्चालित द नेपाल टप डट कमले आफ्नो पहिलो वार्षिकोत्सव

काठमाडौं : दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन्

काठमाडौं: प्रहरी प्रधान कार्यालयले २७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ। यसरी

अछाम : सुदूरपश्चिम अछामको साँफेबगर नगरपालिका–३ की २१ वर्षीया पार्वती बूढा रावतको गत आइतवार राती

काठमाडौं : बाराको निजगढमा बन्दै गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्चले आदेश दिएको

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालद्वारा माल्दिभसलाई ८४ रनले

पोखरा : तेह्रौँ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल

काठमाडौं : बलात्कारको आरोप लागेका कृष्णदासजी महाराज ‘सिद्धबाबा’ लाई थप ७ दिन हिरासतमै राख्न आदेश

पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा माल्दिभ्सलाई पराजित गर्दैं

पाटन : काठमाडौं उपत्यकाभएर बग्ने बागमती नदीको सबैभन्दा डरलाग्दो गरी बालुवा उत्खनन् ललितुरमा हुने गरेको

काठमाडौं : तेस्रो मुलुक जानका लागि सजिलो हुने र उडान भाडादर पनि कम हुने भएकाले

कास्की: कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा