गगनले पूरा समय बोल्न नपाउँदै माइक काटिएपछि…



काठमाडौं:  सभामुख कृष्णबहादुर महराले हिउँदे अधिवेशन सुरु गरेको दोस्रो दिन शून्य र विशेष दुबै समय चलाए । ह्रदयेश त्रिपाठीबाट बोल्न सुरु भएको विशेष समयमा बोल्ने पालो प्रतिपक्ष कांग्रेसका सांसद गगन थापाको आयो ।

 

सभामुखले उनलाई चार मिनेटको समय दिए। उनले कर्मचारी समायोजन अध्यादेशको बिरोध गरिरहँदा उनको माइकको लाइन काटियो । त्यसपछि नेकपाका नरबहादुर धामीको पालो आयो। सभामुख महराले धामीलाई तीन मिनेट समय दिए । बैठक सुरु भएको २४ मिनेट २० सेकेन्डमा थापाले बोल्न थालेका थिए। सभामुख महराले २६ मिनेट ५२ सेकेन्डमा माइकको लाइन काटिदिए। उनले २ मिनेट ३२ सेकेन्ड मात्रै बोल्न पाए ।

 

धामीले आफ्नो पालोमा बोलिरहँदा थापा आफ्नो सीटबाट उठेर कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भुषालको कुर्सीमा गएर आफूले पूरा समय बोल्न नपाएको जानकारी गराए । नरबहादुरपछि कांग्रेसका तेजुलाल चौधरीलाई तीन मिनेट बोल्ने समय दिइएको थियो । त्यसअघि नै खाँडले टेबल ठोकेर समय मागे । ‘हाम्रो घडी बिग्रिएछ। हाम्रो माननीयलाई निर्धारण गरिएको समय भन्दा पहिला नै लाइन कट्यो। त्यसकारण माननीयज्यूहरुले आफ्नो कुरा राख्ने क्रममा जुन पूर्व तयारी गर्नुहुन्छ त्यो राख्न पाइएन,’ खाँडले भने। सभामुख महराले माइक काटिएको बचाउ गरे ।

 

‘हाम्रो रेकर्डमा निर्धारित समय भन्दा ३० सेकेन्ड बढी बोल्नु भयो। उहाँ साढे चार मिनेट बोल्नु भयो,’ सभामुख महराले भने । सभामुखले बोलिरहँदा भने खाड उभि नै रहे। उनी एकहोरो संसदको घडी बिग्रिएको बताइरहे। सांसद थापाले भने २ मिनेट मात्रै बोलेको बताए । त्यसपछि मात्रै सभामुख महराले व्यवस्थापनमा कमजोरी भएको बताएका कान्तिपुरमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्