जागिर जाने भएपछि डिएसपी तनाबमा !



काठमाडौं : खाईरहेको जागिर जानेभएपछि नेपाल प्रहरीका एक डिएसपी तनावमा परेका छन् । अख्तियार दुरुपयोग आयोगमा उनीबिरुद्ध उजुरी परेपछि उनी तनावमा परेको बताईन्छ ।

आफुलाई प्रहरी महानिरीक्षकका खास मान्छे बताउने ती प्रहरी अधिकृतविरुद्ध गत आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको छ जसका कारण ती अधिकृत तनावमा परेका हुन । । यसरी तनावमा परेका अधिकृत हुन डिएसपी नवराज थापा ।

उनीमाथि लाइसेन्सको राजश्व हिनामिनाको अभियोग चलेको छ । उनी सधैं प्रहरी नेतृत्वलाई रिझाएर कमाई हुने ठाउँमा बस्दै आएका प्रहरी हुन् । डिएसपी थापा प्रबन्ध शाखामा रहेका थिए ।

त्यस्तै आफुलाई प्रहरी महानिरीक्षक बताउने अर्का डिएसपी पनि कारबाहीमा पर्ने भएका छन् । प्रहरी प्रधान कार्यालयको लेखा शाखाका डिएसपी नविन किशोर प्रधान कारबाहीमा पर्ने भएका हुन । उनीबिरुद्ध प्रहरी कर्मचारीको भ्रमण भत्ता शीर्षकमा मासिक ५ लाख रुपैयाँसम्म हिनामिना गरेको उजुरी अख्तियारमा परेको छ ।

यस्तो भत्ता अनिवार्य रुपमा सम्बन्धित प्रहरीको बैंक खातामा हाल्नुपर्ने हुन्छ । तर, नक्कली हस्ताक्षर गरी रकम निकालिएको स्रोतको दाबी छ ।

छानबिन सुरु भएपछि डिएसपी प्रधानले पैसा जति हाकिमहरुले खाएको र आफुलाई कारबाही गर्न लागिएको गुनासो गरेको प्र्रहरी मुख्यालयमा चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्