६८ वर्षका वृद्धले २१ वर्षकी युवतीलाई बिहे गर्नुको यस्तो छ रहस्य



भनिन्छ माया प्रेमलाई उमेरले छेक्दैन् । एक वृद्ध र युवतीले बिहे गरेर यस भनाइलाई यथार्थमा उतारेका छन् । पछिल्लो समय धेरै नै उमेर अन्तरका वृद्ध र युवती बिचको बिबाहले सामाजिक संजालमा हलचल नै मच्चाएको छ । उनीहरुको चर्चा चुलिँदै गएको छ ।

२१ बर्ष कि एक युवतीले आफुभन्दा ४७ बर्ष जेठा ६८ बर्षका वृद्धसंग बिबाह गरेपछि उनिहरु तिरै सबैको ध्यानाकर्षण भएको छ । इलामका ६८ बर्षका एक वृद्धले आफुभन्दा ४७ बर्ष कान्छी माइधारकि पुजालाइ आफ्नी दुलही बनाएर ल्याएका छन । मात्र २१ बर्षकि पुजा उनकी पाचौं श्रीमतीको रुपमा भित्रीएकि हुन । दुई श्रीमतीको निधन अनि दुई श्रीमतीले छाडेर गएपछी आफुले पाँचौ श्रीमती ल्याएको बताउँछन वृद्ध ।

उनीहरुको यस विवाहलाई धेरैले माया प्रेममा उमेरले छेक्दैन भनेका छन भने धेरैले सम्पतिका लागी ती २१ बर्षकि युवती ६८ बर्षका वृद्धसंग बिबाह गरेर आएकी भनेका छन । यस्तो लाग्नु स्वाभाविक नै हो । तर भित्री रहस्य भने अर्कै छ ।

वृद्धका घरमा दुई छाक खान लाउन पनि पुग्ने सम्पती छैन । धेरै नै गरिबीमा परेका वृद्धले आफ्ना नाती नातिनिको बिजोक देख्न नसकेर बिबाह गर्नुपर्ने बाध्यता भएको इन्टरभ्यूमा बताएका छन् । घरमा कोहि काम गर्ने नभएपछी वृद्धले नै सबै थोक गर्नुपर्ने बाध्यता थियो । साना साना नाति नातिना र वृद्ध मात्रै बस्ने घरमा बिजोक नै थियो भन्छन वृद्ध । उता युवतीको पनि पहिले नै एकजना युवकसँग बिहे भएको र उसले छाडेर गएपछी युवती बेसाहारा भएकी थिइन् । जसको एउटा हात नै छैन ।

एउटा हात नभएकी पुजाले आफुले जिबनमा धेरै दुख पाएकी धेरै ठक्कर खाएकी बताएकी छिन् । काठमाडौमा होटलमा भाडा माझ्ने सम्मका काम गरेकी उनले भाग्यमा लेखेकै हुने रहेछ भन्दै आफ्ना कति खुशीहरु मारेको पनि खुलाएकी छिन् ।

हात नभएपछि कसैले बिहे नगर्ने भएपछी उनले वृद्धसंग बिबाह गरेको बताएकी छिन् । त्यस्तै उनीहरुले यस बिहेबाट आफूहरु निकै नै खुसि रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्