ठोरी नाकाको पर्यटन विकास गर्न ११ दिने महोत्सव



ठोरी : वीरगन्ज नाकाको विकल्पका रुपमा स्थापित हुदै गएको पर्साको ठोरी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले शुक्रबार्देखि प्रथम ठोरी महोत्सव शुरु भएको छ । भारतीय पर्यटकहरुको गन्तव्य ठोरीमा शुक्रबार देखि ११ दिने ठोरी महोत्सवको आयोजना गरिएको हो ।

 

भारतीय सीमासँगै जोठिएको ठोरीको राइधाराको खुल्ला चौरमा आयोजित महोत्सवको शुक्रबार कृषि तथा पशुपंक्षी राज्यमन्त्री राम कुमारी चौधरीले उद्घाटन गरेकी हुन् । ठोरी गाँउपालिका कार्यालयको मुख्य सहयोगमा कपुरबोट मिडिया प्रालिले शुक्रबारदेखि आयोजना गरेको ठोरी महोत्सव पुष २३ गते सम्म चल्नेछ ।

 

“कृषि, पर्यटन र व्यापारबाट समृद्धिको खाका कोरी, पौष १३ देखि २३ सम्म जाऔँ है ठोरी” भन्ने मुख्य नाराका साथ ठोरीमा पहिलो पटक आयोजना गरिएको  महोत्सवमा कृषि प्रदर्शनी, खना नास्ताका होटल ,बैँक तथा वित्तिय संस्था, अटोमोबाइल, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामाग्री, गार्मेन्ट, जुत्ता तथा चप्पल, निर्माण सामाग्री, हस्तकलाका सामाग्रीहरु, रेडमेड कपडा , चिल्ड्रेन फनपार्कका गरि एक सय ५० भन्दा बढी स्टलहरु राखिएका छन्  ।

 

महोत्सवभर राष्ट्रिय, स्थानीय तथा भारतीय गरि दुइ दर्जन  कलाकारहरुको मनोरन्जनात्मक एंव सांगीतिक प्रस्तुती रहने आयोजक कपुरबोट मिडिया प्रालिका संयोजक सन्तोष देउजाले जानकारी दिए । नेपाल र भारतका करिब एक लाख ५० हजार पर्यटकहरुले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको देउजाले बताए । उनका अनुसार ५८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महोत्सवमा करिब दुइ करोड रुपैया बराबरको आर्थिक कारोबार हुने अन्नपुर्णमा खवर छ  ।

प्रतिक्रिया दिनुहोस्