‘दि कर्मा’ मा नीता भन्दैछिन्, ‘जवानीको बजार लाग्या छ’



देव कुमार श्रेष्ठ निर्देशित फिल्म ‘दि कर्मा’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘जवानीको बजार लाग्या छ’ गीतको भिडियोमा अभिनेत्री नीता ढुंगानासँग नायक करण वर्माले ठुम्का लगाएका छन् । भिडियोमा नायिका परमिता राज्यलक्ष्मी राणा एङ्ग्री लुक्समा छन् भने बुद्दि तामाङ्ग पनि देखिएका छन् । 

 

गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ भने मनिषा पोखरेलको स्वर रहेको छ । यस गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् । फिल्मका गीतहरुमा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ । जय राज रायले निर्माण गरेको फिल्मले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटना भन्छ ।

 

उक्त फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । मंसिर ७ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् ।

 

निशा खतिवडा निर्मात्रीको रुपमा रहेको फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । भारतका मोडल तथा कलाकार करण र नीताका अलावा परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको फिल्ममा अभिनय रहेको छ ।

 

काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश ईन्टरटेन्मेन्टले वितरण गर्ने ‘दि कर्मा’ को स्क्रिनप्ले र डाइलग शुशील पोखरेलको हो ।

 

प्रतिक्रिया दिनुहोस्