पूर्वप्रधानमन्त्रीकै यौन भिडियो टेलिभिजनमा आएपछि …



काठमाडौ : कुरा फेरी यौनकै हो । यौनले कहाँको मानिसलाई कहाँ पुर्याउछ । यौनकै कारण विश्वका ठूला मानिस एकैपटक कसरी तल झर्छ भन्ने कुरा केही वर्षपहिलेको घटनाले देखाउछ ।

नेपालमा यौनकाण्डमै मुछिएर पूर्वसभामुख कृष्णबहादुर महरा अहिले र्पुपक्षका लागि कारागारमा रहेका छन् । यस्तै अर्को घटनालाई यहाँ प्रस्तुत गर्न लागिएको छ । करिब ३ वर्ष पहिले एउटा यौनकाण्डले तहल्का नै मच्चायो । रुसका पूर्वप्रधानमन्त्री मिखाइल क्यासानोभको यौन भिडियो टेलिभिजनमा प्रशारित भएपछि त्यसबेला तहल्का मच्चिएको हो ।

यो कुरा अहिलेको भने होईन । यो कुरा सन् २०१६ को अप्रिल पहिलो साताको हो । रुसी टेलिभिजन एनटिभीले पूर्वप्रधानमन्त्री परस्त्रीसँग यौनक्रिडामा भन्ने कुरा समाचारमा दियो । त्यो खबर आगो सरी फैलियो कि लाखौँ मानिस आँखा नझिम्काइ टेलिभिजन सेट अघि झुम्मिए ।

पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता मिखाइल क्यासानोभ आफ्नै सहकर्मी नाटालियासँग यसरी नाङ्गिरहेका थिए । गोप्य क्यामराले क्यासानोभको बिस्तारामा खिचेको सो भिडियोले भविश्यमा राष्ट्रपतिसम्म हुने ठानिएका क्यासानोभको आदर्श धुजाधुजा पारिरहेको थियो । यसरी उनलाई पत्तासाप गर्ने काम अरु कोही नभएर शक्तिशाली राष्ट्रपति भलाद्मिर पुटिनले गराएका थिए ।

आमरुपमा क्यासानोभको छबी भ्रष्टाचार बिरोधी, बिकासप्रेमी र पारदर्शी नेताको रुपमा स्थापित थियो । उनी भष्ट्राचार बिरुद्ध आगो ओकल्थे । प्रशासक, अर्थमन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री हुँदै उनी शक्तिशाली राष्ट्रपति भलाद्मिर पुटिनलाई टक्कर दिने हैसियतमा पुगिसकेका थिए । यो कुरा पुटिनलाई मन परेको थिएन । सोही कारण उनलाई जासुसी खुबिया लगाएर उनको यौन भिडियो कैद गराएका थिए ।

क्यासानोभको नीजि अपार्टमेन्टभित्र गरिएको यौनक्रिडा कस्ले छायाँकन ग¥यो ? कसरी ग¥यो ? किन ग¥यो ? भिडियो कसरी टेलिभिजनसम्म पुग्यो ? प्रश्न अनेक उठेपनि प्रहार क्यासानोभ र नाटालिया बाहेक अरुले खेप्नु परेन । सहज अनुमान हो–खुबिया एजेन्जीमार्फत राष्ट्रपति पुटिनले सो भिडियो कैद गराएका थिए ।

पुटिनको दाहिने हातका रुपमा चिनिने क्यासानोभ भ्रष्टाचार, आर्थिक नीति र पारदर्शीताका सवालमा विमती जनाउँदै नयाँ पार्टी निर्माणमा लागेका थिए । पुटिनलाई पछार्ने पात्रका रुपमा क्यासानोभलाई हेरिएको थियो । तर, बिबाहित क्यासानोभलाई परस्त्रीसँगको भिडियोले नमज्जाले पछार्यो । यौन उन्मादमा क्यासानोभ नाटालियालाई आश्वस्त पार्दै थिए–धैर्य गर प्यारी, पूरा राजनीति तिम्रो वरिपरि घुमाइदिनेछु । यसरी उनको राजनीतिक जीवनलाई क्षणिकको मजजाले धुजाधुजा पारिदियो ।

रुसी राजनीतिमा एउटा शब्द वा षडयन्त्र लोकप्रिय छः कम्प्रोम्याट । भौतिक कुरासँग सम्झौता अर्थात कम्प्रोमाइज गरेको भन्ने अर्थ लाग्ने यो शब्दको राजनीतिक र साँस्कृतिक अर्थ भने ब्यापक छ । कसैलाई आमरुपमा नस्ट गर्न पर्यो भने उसले यौनका सवालमा गरेको सम्झौता वा रोमान्सलाई बाहिर ल्याउने षडयन्त्रलाई कम्प्रोम्याट भनिन्छ । क्यासानोभ कम्प्रोम्याटको सिकार भए ।

यस्तै १२ मे २०११ का दिन दुनियाँका सामू यस्ती महिला प्रस्तुत भइन जो कहिल्यै सुनिएकी थिइनन् । नाफिसाटो डियालो नाम गरेकी श्यामस्वत बर्णकी महिला एकाएक अन्तराष्ट्रिय समाचार माध्यममा ब्रेकीङ समाचारका रुपमा छाइन् । न्युयोर्कको एक होटलमा सरसफाइको काम गर्ने ती महिलाले एक ग्राहकले आफूमाथि बलत्कारको प्रयास गरेको उजुरी दिइन् । आरोपित व्यक्ति थिए–अन्तराष्ट्रिय मुद्रा कोषका निर्देशक डोमिनिक स्ट्रस खाँ ।

अन्तराष्ट्रिय मुद्रा व्यवश्थापनमा प्रभावकारी कदम चालेर आर्थिक क्षेत्रमा ख्याती कमाएका खाँ फ्रान्सको भावि राष्ट्रपतिका रुपमा गनिएका थिए । १५ बर्षिय छोरीकी आमा समेत रहेकी ३२ बर्षिय डियालोमाथि बलत्कारको प्रयास गरेको आरोपमा खाँ बिमानस्थलबाट पक्राउ परे । उनको गिरफ्तारीले न्यूयोर्क र पेरिसमात्र तातेन, समग्र विश्व तरँगित भयो ।

बहुचर्चित सो घटनाको पटाक्षेप भने भिन्दै हिसावले भयो । अफ्रिकी देशबाट अमेरिका आएर अमेरिकामा शरणार्थीका रुपमा बसेकी डियालोले विगतमा अमेरिकामा शरण पाउनाका लागि असत्य कथा रचेको पाइयो । कर छली, संकास्पद कारोबार आदिजस्ता पृष्ठभूमीका कारण उनीप्रति प्रहरी, न्यायाधीवक्ता र अदालत सशंकित देखिए ।

गहन अनुसन्धान र अनेक कागजातका आधारमा उनले खाँलाई लगाएको आरोप सत्य हो भनेर विश्वास गर्न नसकिने निश्कर्ष निकालियो । खाँले डियालोको आरोपबाट मुक्ति पाएपनि उनको जीबनमा लागेको डडेलो निभेन । भाबी राष्ट्रपतिको रुपमा फ्रान्समा लोकप्रिय रहेका खाँका बारेमा देशभित्र पनि अनुसन्धान शुरु भयो । उनीमाथि अरु दर्जन महिलाले आरोप लगाए । तर, कुनैपनि आरोप प्रमाणित हुन सकेनन् । आरोप सही बेठीक बेग्लै, खाँको राजनीति समाप्त भयो ।

प्रतिक्रिया दिनुहोस्