चीनमा भूकम्पः एकको मृत्यु, दुई हजारभन्दा बढी प्रभावित



चीनको गुआङ्सी झुआङमा तीन दिनअघि आएको ५.२ म्याग्नीच्यूडको भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु हुनुका साथै दुई हजारभन्दा बढी व्यक्ति प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ ।

भूकम्पबाट पाँच जना घाइते भएका थिए । भूकम्पबाट जियाङ्सी र चोङजाओमा सबैभन्दा बढी क्षति भएको छ ।

स्थानीय प्रशासनले ३०० भन्दा बढी घरमा नराम्रोसँग क्षति पुगेको र करिब १० लाख अमेरिकी डलर बराबरको धनमाल क्षति भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्