ट्याक्सी चालकको गुनासोः हामी कसरी ठग र लुटेरा ?



काठमाडौं: काभ्रे पनौतीका शम्भु कुँवरले भाडामा ट्याक्सी चलाउन थालेको १० बर्ष भयो । उनले ट्याक्सी चलाएर आफ्नी श्रीमती र एक छोरीका जीवन धानिरहेका छन् ।

 

उनी भन्छन्, ‘तर, के गर्नु हाम्रो सुरक्षाको ग्यारेन्टी छैन, २०६९ सालदेखि भाडा समायोजन नै भएको छैन् ।’ रामेछाप खाँडादेवी गाउँपालिका ७ का पूर्ण तामाङ विगत सातबर्षदेखि जीविकोपार्जनका लागि काठमाडौंमा ट्याक्सी गुडाइरहेका छन् । कतारमा पनि उनले पाँचबर्ष जति सवारी चलाए ।

 

उनले भने,‘ट्याक्सी चालक सबै खराब हुँदैनन्, हामीलाई ठग, लुटेर भन्छन्, ‘ससुराली जाँदा पनि अप्ठेरो हुनेभयो ।’ बैज्ञानिक भाडादर हुनुपर्ने पूर्ण तामाङको माग छ । उनले भने, ‘ट्याक्सीहरुले चढ्यो कि १४ रुपैंयाँ र प्रतिकिलोमिटर ३९ रुपैंयाँ लिनुपर्ने हुन्छ, जुन २०५९ सालदेखि अहिलेसम्म यही लागु छ, यसले गर्दा हामी निकै पीडित छौं, मंहगी बढ्यो तर भाडा समायोजन भएन् ।’ राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्