चीनमा ५जी विस्तारः अमेरिका र बेलायतको प्रतिबन्धको असर कस्तो रहला ?



एजेन्सी : चीनका ३४ वर्षीय युवक चान यू ग्याजेट्सविना एक सेकेण्ड पनि बस्न सक्दैनन् । बेइजिङमा रहेको उनको घरमा २० वटाभन्दा बढी स्मार्टफोन, पुराना ट्यावलेट र अन्य डिभाइसहरु छन् । उनको अपार्टमेन्ट नै स्मार्ट सहायक गुगल होम र अमेजन इकाले सुसज्जित छ ।

प्रविधिप्रेमी चान हरेक दिन आफूसँग तीनवटा फोन साथमै लिएर हिँड्ने बताउँछन् । उनी भन्छन्, ‘हरेक दिन म आफूसँगै तीनवटा फोन लिएर हिँड्ने गर्छु । एउटा फोन चिनियाँ एप्स र जिमेलको लागि प्रयोग गर्छु । दोस्रो वेस्टर्न एप्सको लागि आइफोनको प्रयोग गर्छु । त्यस्तै तेस्रो फोन काम गर्नको लागि गुगल पिक्सेल फोनको प्रयोग गर्छु ।’

यद्यपि, प्रविधिप्रतिको उनको लगावले उनलाई फाइदा ने पुगेको छ । सन् २००९ मा उनले पहिलोपटक एन्ड्रोइड फोन किनेका थिए । संसारमा ८० प्रतिशतभन्दा बढी मोबाइल एन्ड्रोइड अपरेटिङ सफ्टवेयरबाट चल्ने गर्थे ।

भौतिक विज्ञानमा स्नातक गरेका यी युवाले यसको एक वर्षपछि एउटा कम्पनीको स्थापना गरे । जुन चीनका एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि कन्टेन्ट तयार पार्ने गथ्र्यो ।

सन् २०१६ सम्म उनले आफ्नो कम्पनी पुरानो र सबैभन्दा चर्चित इ–कमर्स कम्पनी अलीबाबालाई बेचिदिए ।

५जी को संसार
चान यू अहिले दूरसञ्चारकै महत्वकांक्षी परियोजना ५जीको लािग काम गरिरहेका छन् । यो प्रविधि तीव्र गतिको इन्टरनेट सेवा हो । यसको मद्दतले प्रयोगकर्ताहरुले कुनै पनि फिल्म केही सेकेण्डभित्र नै गर्न सक्छन् । संसारका केही देशहरुमा यसको सुरुवात भइसकेको छ ।

गएको अक्टुबर महिनामा उनले शाओमीको ५जी फोन मगाएका थिए । उनी भन्छन्, ‘ ४जीले मानिसमा इन्टरनेटप्रतिको झुकावमा परिवर्तन ल्याएको छ । विशेषगरी भिडियो र गेमलाई मानिसहरुले सहजै खेल्न र डाउनलोड गर्न सक्षम भएका छन् । मलाई थाहा छ ५जीले अझै बढी परिवर्तन ल्याउनेछ ।’

सुरक्षाको बहानामा अमेरिकाले चिनियाँ कम्पनीमाथि ५जी नेटवर्क भएका उपकरण प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । साथै, आफ्ना सहयोगी राष्ट्रहरुलाई पनि ५जी प्रयोग नगर्न सल्लाह दिएको छ । अमेरिका र ब्रिटेनमा ५जीको सुरुवातको योजनामाथि प्रतिबन्ध लगाइएपछि यसको असर चीनमा पनि परेको छ ।

विशाल नेटवर्क
वित्तिय सेवा समूह जेफरीजका विश्लेषक तथा उद्योगी एडिसन लीले अमेरिकाको यस्तो कदमलाई ५जीको बजारमा आफ्नो प्रभुत्व जमाउने कोशिसको रुपमा लिन्छन् ।

अमेरिकाले चीनको ५जी प्रविधिमाथि रोक लगाउनुको उद्देश्य चीनलाई संसारकै सबैभन्दा शक्तिशाली राष्ट्र बन्नबाट बञ्चित गराउने भएको एडिसनको ठहर छ ।

उनी भन्छन्, ‘ यस प्रविधियुद्धको पछाडि अमेरिकाको तर्क अनुचित छ । अमेरिकाले यसलाई राष्ट्रिय सुरक्षाको लािग खतरा भएको जनाएको छ । चीनले बौद्धिक सम्पदा चोरी गरेर प्रविधिको क्षेत्रमा अगाडि बढिरहेको र चीन सरकारले यसमाथि अकुत सम्पत्ति खर्च गरेको तथा चीनको दूरसञ्चार उपकरण सुरक्षित नभएको अमेरिकाको दाबी छ ।’

उनी अगाडि भन्छन्, ‘दूरसञ्चार उपकरणको विश्व बजारमा जेड्टीइसँग प्रतिस्पर्धा जति बढ्छ पश्चिमा देशहरु जासूसीको मुद्दा उठाइरहन्छन् ।’

यद्यपि, चीनले अमेरिकाको आरोपलाई अस्विकार गर्दै आएको छ । ३१ अक्टुबरबाट चीनले ५० भन्दा बढी सहरमा ५जी सेवा विस्तार गरेको छ । त्यसपछि संसारका अन्य सबैभन्दा ठूला शहरहरुमा ५जी नेटवर्क विस्तार गर्नको लागि ५० प्रतिशत तयारी भइसकेको छ ।

चीनको सूचना मन्त्रालयले २० दिनमा ८ लाखभन्दा बढी मानिसले ५जीको प्रयोग गर्न थालेका बताएको छ । चीनमा २०२० सम्म ११ करोडले ५जी प्रयोग गर्ने विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्