गाडीले ठक्कर दिँदा ज्योती मगरको मृत्यु



भक्तपुर : भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५ प्राणोदय स्कुल नजिकै पानी बोक्ने गाडीले ठक्कर दिँदा पैदलको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भई मध्यपुर थिमी नगरपालिका–६ पुरानोठिमी बस्ने २५ वर्षे ज्योती मगर रहेकी छिन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार पैदल हिडिरहेकी मगरलाई प्रायोदय स्कुल नजिकै बा १२ च ५६५६ नम्बरको पानी बोक्नेले बिहीबार बिहान ९ः१५ बजे ठक्कर दिएको थियो । गम्भीर बनेकी मगरलाई उपचारका लागि मध्यपुर अस्पताल लगिए पनि उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरीका प्रवक्ता डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।

मगरलाई ठक्कर दिने सवारीका चालक सोही नगरपालिका–७ बस्ने बेलबहादुर तामाङलाई महानगरीय प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्