उम्मेदवारको घरमा बम विस्फोट, स्थानीयमा त्रास



बारा : उपनिर्वाचन–२०७६ नजिकिँदै गर्दा उम्मेदवारको घरमा बम विस्फोट भएको छ । बाराको पिपरा गाउँपालिकाका नेकपा उम्मेदवार बिक्रम चौधरीको घरमा बम विस्फोट भएको हो ।

विस्फोटबाट चौधरीको घरको कम्पाउण्डको पर्खाल र शौचालयमा क्षति पुगेको छ ।

अहिले घटनास्थलमा सुरक्षाकर्मी पुगेर अनुसन्धान सुरु गरेको छ ।

मंसिर १४ गते सो गाउँपालिकामा उपनिर्वाचन हुँदैछ भने मौन अवधिको समयमा भएको विस्फोटले स्थानीयमा त्रास फैलिएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्