सिरहाको दक्षिणी भेगमा विद्युत् महसुल काउण्टर सञ्चालन



लहान: सिरहाको दक्षिणी भेगका ग्राहकलाई विद्युत् महसुल बुझाउन सहज होस् भन्ने उद्देश्यले सुखीपुर नगरपालिकामा विद्युत् महसुल काउण्टर सञ्चालन गरिएको छ ।

 

शाखा कार्यालयको एक कार्यक्रमबीच नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय जनकपुर क्षेत्रीय कार्यालयका प्रमुख ओमप्रकाश महतोले उद्घाटन गरे ।

 

उक्त काउण्टरबाट हप्तामा दुई दिन अनलाइनमार्फत कम्प्युटर बिलिङ गरिने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए । सुखीपुरमा निकट भविष्यमै विद्युत् प्राधिकरणको सवस्टेशन स्थापना गरिने भएकाले महसुल काउण्टर स्थापना गरिएको यादवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्