मुबाडाला टेनिसको फाइनलमा जोकोभिच र एन्डरसन



काठमाडौं: सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच यूएईमा जारी मुबाडाला टेनिस च्याम्पियनसिपको फाइनल प्रवेश गरेका छन् । अव उनले उपाधिका लागि दक्षिण अफ्रिकी खेलाडी केभिन एन्डरसनसँग खेल्नेछन् ।

 

आबुधाबीमा भएको खेलमा विश्व नम्बर एक खेलाडी जोकोभिचले रसियाका कारेन काचानोभलाई हराउँदै उपाधि नजिक पुगे । जोकोभिचले काचानोभलाई पहिलो सेटमा ६–४ पराजित गरे भने दोस्रो सेटमा ६–२ को जित निकाले ।

 

तीन पटकका विजेता जोकोभिचले फाइनलमा साविक विजेता दक्षिण अफ्रिकी खेलाडी केभिन एन्डरसनसँग प्रतिस्पर्धा गर्नेछन् । केभिनले स्पेनिस खेलाडी रफायल नाडाललाई हराएर फाइनल प्रवेश गरेका हुन् ।  उपाधि रक्षा गर्ने अभियानमा रहेका एन्डरसनले नाडाललाई दुई–एकको प्रतिस्पर्धात्मक सेटमा पराजित गरे ।

 

विश्व वरीयतामा छैटौँ स्थानमा रहेका एन्डरसनले नाडालको एक सेटको अग्रतालाई उल्ट्याएका हुन । उनले पहिलो सेट ४–६ ले गुमाए पनि त्यसपछि लगातार दुई सेट आफ्नो नाममा लेखाए । जसमा दोस्रो सेट ६–३ ले जिते भने तेस्रो सेट ६–४ ले आफ्नो पक्षमा पारे । फाइनल खेल आज राति हुनेछ ।

प्रतिक्रिया दिनुहोस्