डडेल्धुरामा किराना पसलमा आगलागी, २० लाखको क्षति



डडेल्धुरा: डडेल्धुराको सदरमुकाम बागबजारस्थित लक्ष्मी किराना पसलमा गएराति आगलागी हुँदा २० लाख भन्दा धेरै क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक डम्बरबहादुर केसीले लक्ष्मी किराना पसल बागबजारमा अचानक विद्युत् सर्ट भई आगलागी भएको बताए ।

 

आगलागीबाट किराना पसलको गोदाममा रहेका सरसामान सहित नगद पुरै नष्ट भएको सञ्चालक नारायण भट्टले बताए। खाद्यन बाहेक कस्मेटिका सामग्री समेत पसलमा रहेको प्रहरीले जनाएको छ ।

 

दमकलसहित नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयबासीले करिब २ घण्टापछि आगलागी नियन्त्रयमा लिएका थिए । आगालागीबाट वरिपरीका पसलका समाग्रीमा पनि सामान्य क्षति पुगेको बताएको छ । अन्य ४ पसलमा पनि आगलागी हुने आशंकामा पसलहरूको समाग्री बाहिर निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्