शनिबार र सार्वजनिक बिदाका दिन पनि सेवा दिँदै सहकारी


पाल्पा : वित्तीय क्षेत्रमा राम्रो छवि बनाएको अन्धकारमुक्त बचत तथा ऋण सहकारी संस्थाले सदस्य सेवालाई पहिलो प्राथमिकता बनाएको छ । रामपुर नगरपालिकामा सञ्चालनमा रहेको यस सहकारीले ३६५ दिन कार्यालय सञ्चालन गरी सदस्यलाई सेवा दिँदै आएको व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेल बताउँछन् ।

“सार्वजनिक बिदाका दिन तीन जना कर्मचारी र दुई जना कार्यालय सहयोगीबाट सेवा प्रवाह भइरहेको छ, सेवा नै ठूलो धर्म हो, हामी सदस्यको सेवामा निरन्तर खटिने छौँ,” उनले भने ।

अन्य वित्तीय संस्थाले सेवा दिन नसकेको, शनिबार र सार्वजनिक बिदाका समयमा अन्य कर्मचारीलाई सेवा लिन सजिलो परेको संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाले बताए । शनिबार तथा सार्वजनिक बिदाका दिन विभिन्न सङ्घ संस्थामा कार्यरत कर्मचारी सेवा लिन आउने गरेको कर्मचारी सुमित्रा बाँस्तोला बताउँछन् । बिदाका दिन पनि सहकारीले सेवा दिँदा धेरै सहज भएको शेयर सदस्य उर्मिला राना बताउँछन् ।

विसं २०५६ पुस २० मा दर्ता भई सञ्चालनमा आएको यो सहकारी वित्तीय क्षेत्रमा नमूना सहकारीको रुपमा पहिचान बनाउन सफल भएको छ । सहकारीमा हाल बाल बचतसहित नौ हजार ७०९ सदस्य आवद्ध छन् ।

सहकारीमा हाल ८४ करोड बराबरको पुँजी रहेको छ । सहकारीले रामपुर नगरपालिकासहित पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिका र रम्भा गाउँपालिकालाई कार्यक्षेत्र बनाएर सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल टप मिडिया प्रालिद्वारा सञ्चालित द नेपाल टप डट कमले आफ्नो पहिलो वार्षिकोत्सव

काठमाडौं : दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन्

काठमाडौं: प्रहरी प्रधान कार्यालयले २७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ। यसरी

अछाम : सुदूरपश्चिम अछामको साँफेबगर नगरपालिका–३ की २१ वर्षीया पार्वती बूढा रावतको गत आइतवार राती

काठमाडौं : बाराको निजगढमा बन्दै गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्चले आदेश दिएको

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालद्वारा माल्दिभसलाई ८४ रनले

पोखरा : तेह्रौँ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल

काठमाडौं : बलात्कारको आरोप लागेका कृष्णदासजी महाराज ‘सिद्धबाबा’ लाई थप ७ दिन हिरासतमै राख्न आदेश

पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा माल्दिभ्सलाई पराजित गर्दैं

पाटन : काठमाडौं उपत्यकाभएर बग्ने बागमती नदीको सबैभन्दा डरलाग्दो गरी बालुवा उत्खनन् ललितुरमा हुने गरेको

काठमाडौं : तेस्रो मुलुक जानका लागि सजिलो हुने र उडान भाडादर पनि कम हुने भएकाले

कास्की: कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा