अजयसँग भेट नभएको भए शाहरुखसँग बिहे गर्थिन् त काजोलले ?



एजेन्सी : कुनै समय बलिउडमा निकै चर्चित जोडीको रुपमा लिइन्थ्यो काजोल र शाहरुखको जोडीलाई । काजोललाई शाहरुखसँग फिल्ममा हेर्न सधैँ दर्शक लालायित भएको पाइन्छ । ‘रील’मा निकै सुहाएको यो जोडीलाई धेरैले ‘रीयल’ मा पनि एकसाथ देख्न चाहेका थिए ।

तर, अपशोच काजोलको जीवनमा अजय देवगनको प्रवेश भयो । उनीहरुले सन् १९९९ को फेब्रअरीमा विवाह गरे । अहिले काजोल र अजयको दुई वटा सन्तान पनि छन् ।

यसैबीच, काजोललाई उनका फ्यानले एउटा प्रश्न सोधेका छन् जुन सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । काजोलले इन्स्टाग्राम स्टोरीमा आफूलाई आफ्ना फ्यानहरुले जुनसुकै प्रश्न सोध्न सक्ने बताएकी थिइन् । त्यसैक्रममा एकजना फ्यानले उनलाई प्रश्न सोधे, ‘यदि तपाईंले अजयलाई नभेट्नु भएको भए शाहरुखसँग बिहे गर्नुहुन्थ्यो ?’

यो प्रश्नको जवाफमा काजोलले भनिन्, ‘के कुनै पुरुषलाई प्रपोज गर्नुहुँदैन ?’

शाहरुख र काजोललले एक साथ ‘बाजीगर’, ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘कुछ कुछ होता है’, ‘करण–अर्जुन’, ‘माई नेम इज खान’, ‘दिलवाले’ र ‘कभी खुशी कभी गम’ जस्ता फिल्म खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्