दीपक पन्त हत्या प्रकरण : चार जना पक्राउ



कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा युवक दीपक पन्त हत्या प्रकरणमा चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार कञ्चनपुरको माहाकाली नगरपालिका वडा नम्बर ३ चाँदनी बस्ने ६० वर्षीय बिशन दत्त पन्त र उनका छोरा २२ वर्षीय दीपक पन्त छिमेकीको मोटरसाइकल लिएर काम विशेषले महेन्द्रनगर आउने क्रममा चारजना युवकहरुले आफ्नो मोटरसाइकल ओभरटेक गरी ठक्कर दिएको बहाना बनाएर भीमदत्त नगरपालिका वडा नम्बर ४ गोबरियास्थित सडकमा दीपकमाथि कुटपिट र चक्कु प्रहार गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते दीपक पन्तको उपचारका क्रममा भारत लैजादै गर्दा बाटोमै ज्यान गएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी घटनामा संग्लन रहेको आरोपमा भीमदत्त नगरपालिका वडा नम्बर ४ बस्ने २० वर्षीय मनिष नाथ, २२ वर्षीय गम्मा भन्ने गणेश लुहार, २० वर्षीय रोनी भन्ने नवीन सिंह र २२ वर्षीय विनोद बोहरालाई सार्वजनिक गरेको छ ।

त्यस्तै, घटनामा प्रयोग भएका चक्कु, मोटरसाइकल र स्कुटी एकएक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्