काठमाडौंको गोकर्णेश्वरस्थित धागो उद्योगमा आगलागी



काठमाडौं: गोकर्णेश्वरस्थित भगवती धागो उद्योगमा आज बिहान आगलागी भएको छ । भारतीय नागरिक लक्ष्मण दुबेले गोकर्णेश्वर  ४ को उत्तरबाहिनी चोकमा संचालन गरेको भगवती घागो उद्योगमा  आज  बिहान विद्यतु सर्ट भइ आगलागी भएको महानगरीय प्रहरी प्रभागका प्रमुख रामेश्वर  खड्काले  जानकारी दिए ।

 

आगलागीबाट मेसिन,जेनेरेटर लगायत अल्लो,उन जस्ता कच्चा पदार्थ जलेर नस्ट भएका छन् । सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, मध्यपुर थिमि नगरपालिका र जूद्व बारुण यन्त्र सहित ८ वटा दमकल र ३ वटा पानी ट्याङ्करको  सहयोगमा आगो नियन्त्रणमा  लिइएको हो । आगलागीबाट ९० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्