झापालाई खुला दिशामुक्त जिल्ला घोषणा



झापा: पन्ध्र स्थानीय तह भएको झापा जिल्ला खुला दिशामुक्त घोषणा गरिएको छ । भद्रपुरको मेची रङ्गशालामा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्वाहाम्फेले सो घोषणा गरेकी हुन्।

 

झापाका १५ स्थानीय तहमा ३९ हजार २ सय ८७ चर्पी निर्माण भएको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए।

 

सोही अवसरमा खुला दिसामुक्त क्षेत्रका लागि सहयोग गर्ने चार सञ्चारकर्मी र विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।   

प्रतिक्रिया दिनुहोस्