सात घण्टा बन्धक बनाएर सामूहिक बलात्कारपछि जलाएर हत्या



एजेन्सी : भारतको हैदराबादमा २६ वर्षीय भेटनरी डाक्टरको सामूहिक बलात्कारपछि जलाएर हत्या गरिएको छ । स्कुटरको टायर पङ्चर भएपछि उनी प्लाजाको नजिकै गाडी कुरिरहेकी भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

उनलाई ट्रक ड्राइभर र क्लिनर मिलेर सात घण्टासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरिएको थियो । शुक्रबार साइबराबाद पुलिसले यस घटनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बलात्कारीले मदिरा सेवन गरेका र उनीहरुले बलात्कारपछि हत्या गरी ३० किलोमिटर टाढा लगेर डाक्टरलाई जलाएका थिए ।

भेटनरी डाक्टर हैदराबादको शादनगर भन्ने स्थानमा बस्थिन् । उनी एक भेटनरी अस्पतालमा काम गर्थिन् ।

बुधबार उनी अस्पतालबाट फर्किँदा रातको ९ बजिसकेको थियो । उनले आफ्नी बहिनीलाई फोन गरेर स्कुटर बिग्रिएको र बनाउनको लागि सबै नजिकको पसल बन्द भएकोले. अलि टाढा जानुपर्ने बताएकी थिइन् ।

परिवारको सदस्यले दिएको बयानअनुसार उनले डराउँदै दोस्रोपटक फोन गरेकी थिइन् । उनले वरिपरि डरलाग्दा मानिस भएको जानकारी समेत गराएकी थिइन् । तर पछि ९ बजेर ४४ मिनेटमा उनको फोन अफ भयो र परिवारले पुलिसमा रिपोर्ट गरे ।

प्रहरीका अनुसार राति ट्रक ड्राइभर र क्लिनरहरु मदिरा सेवन गरिरहेका थिए । उनीहरुको नजर एक्ली डाक्टर र उनको बिग्रेको स्कुटरमा पर्यो । उनीहरुले पङ्चर ठिक गर्ने बहानामा उनलाई सँगै लिएर गए । बुधबार राति साढे नौ बजे देखि बिहान ४ बजेसम्म उनीहरुले लगातार बलात्कार गरे । र हत्या गरे त्यसपछि उनको शव सलमा बरेर ३० किलोमिटर पर लगेर जलाए ।

प्रतिक्रिया दिनुहोस्