चिसोले हिमालबाट बेँसी झर्दै भेडिगोठ



लमजुङ:  गर्मीसमयमा जिल्लाको उच्च हिमाली क्षेत्र तथा लेकमा पुगेका अधिकाश भेडिगोठहरु चिसो बढेपछि र्बेसी झर्न थालेको छ । लमजुङका उच्च हिमाली भेगहरूमा रहेका चरन क्षेत्रहरू पूरै हिँउले पुरिन थाल्नुका साथै चिसो बढेपछि गोठालाहरूले आ–आफ्ना भेडाका बथान बेंसी झार्न थालेका हुन् ।

 

अत्यधिक चिसो बढेसँगै बेँसी झर्न सुरु गरेका भेडीगोठहरु यतिबेला गाउँबस्ती नजिकैको डाडाँपाखामा भेडिगोठ बसेको छ । विषेश गरी गुरुङ समुदायको पुर्खौली चलन तथा पेसाको रुपमा भेडिगोठलाई हेरिन्छ । गतबर्ष भन्दा यसबर्ष अल्लि छिटो बेंसी भेडिगोठ झारेको भेडीगोठाला तथा भेडा पालक आन्द्रे गुरुङले बताए ।

 

उत्तर–पश्चिम लमजुङका भेडीगोठहरू लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरीनजिकै थुर्जु तथा लमजुङ हिमालको काख लगायतका ठाउँसम्म पुग्ने गरेकोमा अहिले गाउँबस्ती नजिकै आएका छन् । घलेगाउँको भेडीगोठ लेकबाट झरेर गाउँमै आइपुगेको सो भेडिगोठका गोठाला तथा घलेगाउँका स्थानीय केश बहादुर गुरुङले बताए । उनले भने घलेगाउँको २ वटा भेडिगोठ छन् । जसमा करिब १२ सय वटा भेडाबाख्रा रहेका राजधानीमा खवर छ ।

 

लमजुङ हिमालको काखमै रहेको ठुले लेकमा पुगेर असोज महिनामै गाउँ फर्किएको र अब गर्मी सुरु भएपछि सोही स्थान तर्फ लाग्ने उनको भनाई छ । त्यस्तै कास्कीको सिमाना डाँडा तिङ्जेमा रहेको पसगाउँको भेडीगोठ अहिले क्युबे–ल्हेदेमा आइपुगेको स्थानीय बताउँछन् । त्यस्तै भुजुङको भेडीगोठ खोला फाल्न्हेसम्म पुग्ने गरेकोमा अहिले क्युबारमा रहेको भेडीगोठालाहरूले बताएका छन् ।

 

लमजुङ हिमालको काखसम्म पुग्ने भेडीगोठ पर्यटकीय मौसमको सुरुवातसँगै गाउँ झरेको दीर्घ घलेले बताए । उत्तरी लमजुङको ताघ्रिङका बासिन्दाको भेडीगोठ यसअघि थुर्जु पुगेकोमा अहिले ठुलागीमा झरेको छ । जिल्लाको पुर्वी भेगमा पर्ने विगट दूधपोखरी आसपासमा पुगेका भेडीगोठ यतिबेला विस्तारै फर्कने क्रममा छन् । केही दिनमै बेंसी झर्ने दुधपोखरी पुगेको भेडिगोठालाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्