किन हुन्छ अभिनेता र अभिनेत्रीको पारिश्रमिकमा विभेद ?



काठमाडौं : नेपाली चलचित्र उद्योगले पछिल्लो समयमा दर्शकको साथ निकै पाउने गरेका छन् । चलचित्रको कमाइ र चर्चाअनुसार कलाकारको पनि पारिश्रमिक घटबढ हुने गर्दछ । कुनै कलाकार लामो समयसम्म चर्चाको शिखरमा टिकिरहन सक्छन् भने कुनै कलाकार एक पटक मात्रै उदाउँछन् । लामो समयसम्म चर्चामा रहन सकेका कलाकारको पारिश्रमिक पनि बढी नै हुने गर्दछ । पछिल्लो समय हिरोहरुलाई ५० लाख रूपैयाँसम्म पारिश्रमिक दिन थालिँदा हिरोइनले आफ्नो पारिश्रमिक बल्लतल्ल २० लाखसम्म पुर्याउन सकेका छन् ।

यो समस्या कलिउडको मात्र हैन बलिउड हलिउडको पनि उस्तै छ । पारिश्रमिकको सवालमा नेपाली फिल्म क्षेत्रमा पुरुष कलाकारको दाँजोमा महिला कलाकारलाई कमै दिइन्छ ।

पुजा शर्मा


नेपाली फिल्म क्षेत्रमा छोटो समयमै उच्च स्थान बनाउन सफलमध्येको एउटा नायिका हुन्, पुजा शर्मा । सानै उमेरबाट फिल्म क्षेत्रमा रुची राख्ने पुजा फिल्म क्षेत्रमा सुनौलो तारा भएर उदाएकी छन् भन्दा फरक नपर्ला । ‘थ्री लभर्स’ फिल्मबाट यस क्षेत्रमा प्रवेश गरेकी पुजाले अहिलेसम्म दर्जनौँ फिल्ममा काम गरिसकेकी छन् । उनी महंगो पारिश्रमिकको कारणले पनि बेलाबेला चर्चामा आउँछिन् । उनले २० लाखसम्म पारिश्रमिक लिने गरेकी छन् ।

साम्राज्ञी राज्य लक्ष्मी शाह


नायिका साम्राज्ञी नेपाली फिल्म रजतपटमा चर्चित नायिका हुन् । उनले अनमोल केसीको जोडीको रुपमा ड्रिम्सबाट डेब्यु गरेकी थिइन् । पहिलो चलचित्रबाट तारिफ कमाएकी नायिका अहिलेकी महंगी नायिका हुन् । उनले १६ लाखसम्म पारिश्रमिक लिने गरेकी छन् । उनले खेलेका अधिकांश फिल्म हिट छन् ।

नम्रता श्रेष्ठ

Image result for namrata shrestha


नायिका नम्रता श्रेष्ठ अहिलेकी एक सफल नायिका हुन् । सुन्दर अनुहार र राम्रो अभिनय कि धनी नम्रताका धेरै जसो फिल्म हिट छन् । थोरै फिल्म खेल्ने तर आफ्नो भूमिकालाई स्मरणीय बनाउन सफल नम्रता पछिल्लो समय केही ओझेल परिन् । तर यसै मेसोमा उनले १५ लाख रुपैयाँसम्म लिने गरेकी छन् ।

स्वस्तिमा खड्का


म्युजिक भिडियोबाट चर्चा कमाएकी नायिका हुन्, स्वस्तिमा खड्का । उनले अभिनय गरेको चलचित्र ‘छक्का पन्जा’, ‘नाई नभन्नु ल’ जस्ता धेरै सुपर हिट फिल्म रहेका छन् । खड्काले अहिलेसम्म खुलेर आफ्नो पारिश्रमिक बारे बताएकी छैनन् । तर श्रोतका अनुसार उनले एउटा चलचित्रबाट १०÷१२ लाख लिने गरेकी छिन् । स्वस्तिमाको अभिनयलाई दर्शकहरुले पनि रुचाउने गर्छन् । त्यसैले निर्माताले उनलाई उनको डिमाण्डअनुसार पारिश्रमिक दिन तयार हुन्छन् ।

प्रियंका कार्की


प्रियंका कार्की सबैभन्दा व्यस्त नायिका हुन् । धरै फ्यान÷फलोअर्स भएकी नायिकाको नृत्य र अभिनय अब्बल मानिन्छ । उनले नाइ नभन्नु ल, छक्का पञ्जा र शत्रुगते जस्ता सुपटहिट चलचित्र दिएकी छन् । पारिश्रमिकको बारेमा नखुलेकी नायिका कार्कीले राम्रै रकम लिएर चलचित्रमा अभिनय गरेको पाइन्छ । एक चलचित्रवाट ९ देखि १० लाखसम्म लिने गरेको बताउने उनले साना भूमिका पनि ठिकठाकैे पारिश्रमिक बुुझ्ने गरेको बताउँछिन् । उनले एउटै चलचित्रबाट ठूलो पारिश्रमिक माग नगरे पनि धेरै चलचित्रमा काम गरेर धेरै कमाउनेको सूचीमा भने पर्छिन् ।

कलाकारको पारिश्रमिक बढ्नु वा बढी माग गर्नु नराम्रो होइन । तर कतिपय निर्माताहरू अलि चलेका कलाकारले आफ्नो पारिश्रमिक दिन दुगुना रात चौगुना बढाउँदै लैजाने हो भने फिल्म बनाउन गाह्रो हुने दुखेसो पनि पोख्ने गरेका छन् । नम्रता, साम्राज्ञी, पुजाबाहेक हिरोइन आँचल शर्मा, सारा सिरपाइली, वर्षा राउत, सुरक्षा पन्त, वर्षा शिवाकोटी, केकी अधिकारी, बेनिशा हमाल, दीपिका प्रसाईं, जसिता गुरुङलगायत मध्यम पारिश्रमिक लिने कोटीमा पर्छन् ।

प्रतिक्रिया दिनुहोस्